आज नयाँ बर्ष २०७५ सालको पहिलो दिन यस्तो छ विशेषता

11.01K
shares

काठमाडौं। विक्रम संवत्अनुसार २०७५ को पहिलो दिन अर्थात् वैशाख १ गते अन्तर्राष्ट्रिय प्रयोजनका लागि इश्वी संवत् र जातजातिका संस्कृति मनाउन मौलिक संवत् चलाइए पनि नेपालको सरकारी पात्रो नै विक्रम संवतमा आधारित छ। विक्रम संवत् २०७४ वर्षअघि अर्थात् इश्वी संवत् सुरु हुनु भन्दा ५७ वर्षअगाडिदेखि चलेको स‌वत् हो। लिच्छवीकालीन राजा अंशुवर्माको शासनकालमा विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेको केही विद्वानहरू बताउँछन्। उनले बज्रयोगिनीको उपासना गरी राज्यका नागरिकलाई अनिकाल बाट जोगाएका र आफ्नो नाममा संवत् पनि चलाएका थिए। केही विद्वानहरूको भनाइमा इश्वी संवत् सुरु हुनु भन्दा ५७ वर्षअघि भारतका प्रतापी राजा विक्रमादित्यले यो संवत् चलाएका हुन्। केही विद्वानको मतमा भने इशापूर्व ५७ वर्षअगाडि भारतमा विक्रमादित्य नामका राजा नै नभएकोले विक्रम संवत् नेपालीहरूको आफ्नै मौलिक संवत् हो । सूर्यका विभिन्न नाममध्ये विक्रम नामबाट यो संवत् चलेको तर्क गर्नेहरू पनि छन्। विक्रम संवत्अनुसार ६ ऋतुमा विभाजित वर्षलाई महिनाको ३० (कम्तीमा २९ देखि बढीमा ३२ सम्म) दिनको दरले ३ सय ६५ दिनको एक वर्ष मानिन्छ। अघिल्लो वर्ष गरेका कार्यहरूको समीक्षा नयाँ वर्षका लागि योजना बनाउने दिनको रूपमा यो दिनको महत्त्व छ। पहिलो दिन शुभ भए वर्षभरि नै शुभ हुने विश्वासमा बिहान सबेरै उठी, स्नान गरी, जप–तर्पण आदि गर्ने, वर्षफल सुन्ने, धार्मिक अनुष्ठान लगाउने तथा तीर्थस्थलको भ्रमण गर्ने परम्परा छ। नयाँ वर्षको पहिलो दिन रमाइलो सँग मनाउनु पर्ने मान्यताअनुसार पिकनिक, नाचगानजस्ता मनोरञ्जनात्मक कार्य गर्ने पनि चलन छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083