अमेरिका ब्रिटेन र फ्रान्सको सिरिया माथी हवाई हमला शुरू, विश्वयुद्धको शंत्रास

एजेन्सी । अमेरिका र उसका सैन्य सहयोगी देश ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरेका छन्। रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ । रुसले थप कदम चाले यो क्षेत्रमा तनाव बढ्न सक्छ । संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको रासायनिक हमला भएको आरोप लगाउँदै त्यसको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् । सिरियाली कुनै पनि रासायनिक हमला नभएको बताएको छ ।

सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र खसालिदिएको जनाएको छ। सिरियाले अमेरिकी हमला अन्तराष्ट्रिय कानुन विपरित भएको बताएको छ ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्। अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार राजधानी दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाज सुनिाएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

चरमपन्थीले हार खाएपछि अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामाथि हमला गरेको सिरियाले जनाएको छ । यहाँको चरमपन्थीलाई अमेरिका, फ्रान्स र ब्रिटेनको साथ छ । जवकि रुस त्यहाँको सरकारको पक्षमा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका थिए । ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्।

ट्रम्पले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्ने बताएका छन् । ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत ट्रम्पले बताए। यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको दावी गरेको थियो । तर, सिरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ ।तर, यो आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ।ब्रिटिशको रक्षा मन्त्रालयका अनुसार चार टोरनाडो जेट्सबाट होम्स शहरको नजिक सैन्य क्षेत्रमा हमला गरिएको हो । यो ठाँउमा रासायनिक हतियार राखेको दावी गरिन्छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...