सुनसरीमा आगलागी हुँदा करीब २५ लाख भन्दा बढी क्षति

7.19K
shares

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार स्थित सरस्वती सेलर मिलमा आज बिहान आगलागी हुँदा रु २५ लाख भन्दा बढी मूल्यको क्षति भएको छ । मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मर बाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी रु २५ लाख भन्दा बढी क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी इनरुवा लगायतका स्थान बाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीय वासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो ।