नेपाली भाषा अन्तर्राष्ट्रिय अभियान दिवस सम्पन्न, सञ्जालको अध्यक्षमा प्रा.डा.लुइँटेल

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली भाषाको मानकीकरण, विश्वव्यापीकरण र स्तरीकरणका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाले प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेललाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। साधारणसभाले प्रा.डा. लुइँटेलको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति पनि चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष प्रा. भरतकुमार भट्टराई, उपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेल, महासचिव सहप्राध्यापक डा.लक्ष्मणप्रसाद गौतम, सचिव राधेश्याम लेकाली, कोषाध्यक्ष सहप्राध्यापक डा. नारायणप्रसाद गैरे रहेका छन्। यसरी नै सदस्यहरूमा घनेन्द्र ओझा, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएका छन्।

प्रथम भाषा दिवस सम्पन्न

संजालको आयोजनामा पहिलो पटक भाषा दिवस समेत सम्पन्न भएको छ। राजधानीमा आयोजित कार्यक्रममा संजालका अध्यक्ष प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले मानक नेपाली भाषालाई विकृत बनाउने दुष्प्रयास असफल भएको भन्दै अबका दिनमा पनि भाषाप्रेमीहरू मानक नेपाली भाषालाई विकृत बनाउनेहरू बाट सचेत हुनु पर्ने बताए। यसै बीच संजालले प्रथम भाषा दिवसका अवसरमा सात बुँदे काठमाडौं घोषणा पत्र समेत जारी गरेको छ।

घोषणापत्रमा संजालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरूको कार्यान्वयन गराउने, कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय १००र१०० पूर्णांकको राख्न सशक्त दबाब दिने, विश्वविद्यालयका सबै संकायमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गराउन जोड दिने, विभिन्न तहका पाठ्यक्रम र पाठ्यपुस्तकमा मानक नेपाली भाषाको प्रयोगसम्बन्धी निरन्तर अनुगमन गर्ने, लोकसेवा आयोगमा अनिवार्य नेपाली विषय समावेश गराउन सशक्त दबाब दिने, सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नका लागि सशक्त दबाब दिने र मानक नेपाली भाषा अभियानलाई अन्तर्राष्ट्रिय जगतमा विस्तार गर्ने उल्लेख रहेको छ।


कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

२०८१ साउन २६ शनिवार

काठमाडौँ। साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह...

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

२०८० असार २४ आइतवार

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु...

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

२०८० जेठ २५ बिहीवार

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने...

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

२०८० जेठ १७ बुधवार

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण...

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

२०७९ माघ ७ शनिवार

बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका...

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

२०७८ पुस २३ शुक्रवार

हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको हिमाल जिल्लाकाे बझाङ तलकोट गाउँपालिका-४ स्थायी...