माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज, कसको भागमा कति ?

4.71K
shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ । आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको बताइएको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।

विद्युत् चुहावट घट्यो

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो । विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिनुभयो ।

विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताउनुभयो ।

विष्णुपुरको बजेट र १७ करोड

सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो ।

गाउँपालिकाको पाँचै वडाको वडास्तरीय योजनातर्फ रु ३० लाखको दरले रु एक करोड ५० लाख र गाउँपालिकास्तरीय योजनाको लागि रु १५ करोड ४६ लाख विनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गाउँपालिकाको पाचवटै वडाका वडाध्यक्ष, नगारिक समाज, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083