जिरीमा आग्लोले हिर्काएर श्रीमतीको हत्या

4.23K
shares

दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्या गरे लगत्तै तामाङ फरार छन् ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083