राष्ट्र बैंक र बैंकर्सको ‘लञ्च मिटिङ’ आज हुदैँ

4.73K
shares

काठमाडौँ । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको विषयमा छलफल गर्न आज नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई बोलाएको छ ।

‘लञ्च मिटिङ’ नाम दिइएको बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुनेछन् । छलफलमा बैंठकमा ब्याजदरको विषयमा छलफल बताइएको छ । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा पनि छलफल हुने बैंकर एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

ब्याजदर बढाउने बैंकका सीईओहरुलाई गत मंगलबार बालुवाटार कार्यालयमा बोलाएर राष्ट्र बैंकले ब्याजदरमा संयमता अपनाउन तथा पुनः अधिकतम् सीमा तोक्न सुझाएको थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो । संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083