सञ्चिता लुइँटेल अभिनीत ‘आरोप’को ट्रेलर रिलिज (भिडियो)
वि.सं.२०७५ पुस ५ बिहीवार १४:२१
5.73K
shares
shares

काठमाडौँ । दिलासा क्रियशनको ब्यानरमा र अमर ओलीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘आरोप’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो।
सञ्चिता लुइँटेल, ऋचा थापा, उद्धव गिरी र प्रेम खड्कालगायतको अभिनय रहेको चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन्। चलचित्रमा विजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायाङ्कन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व एस।के अधिकारी र गणेश चौधरीको सङ्गीत रहेको छ। चलचित्र आगामी माघ ११ गते रिलिज हुने छ।


























