नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?
वि.सं.२०७५ पुस १३ शुक्रवार ११:३४
5.56K
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ २७ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ८७ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८३ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)

























