ट्रेन्ट बोल्टको चमत्कारः लगातार तीन ओभर बलिङ गर्दा लिए ६ विकेट

4.64K
shares

क्रिस्चर्च। न्यूजिल्याण्डका तीव्रगतिका बलर ट्रेन्ट बोल्टले टेस्ट क्रिकेटमा चमत्कार गरेका छन् । उनले आफूले बलिङ गरेका लगातारका तीन ओभरमा ६ विकेट लिँदै विश्वरेकर्ड बनाएका छन् । उनले यी ६ विकेट लगातार फालेका १५ बलमा लिएका हुन् । उनको धमाकेदार बलिङको बलमा न्यूजिल्याण्डले श्रीलंकालाई १०४ रनमै अलआउट गरिदिएको छ । श्रीलंकाको टिमले पछिल्लो १६ रन जोड्दा बोल्टले पछिल्ला ६ विकेट झारिदिएका थिए ।

उनका अलावा टिम साउदीले ३ र कोलिन डि ग्रेण्डहोमले १ विकेट लिए । अघिल्ला १३ ओभरमा २९ र दिएर १ विकेट पनि लिन नसकेका बोल्ट श्रीलंकाको इनिङको ३७ औं ओभरमा आफ्नो व्यक्तिगत १४ औं ओभर लिएर आए । यो ओभरको तेस्रो बलमा उनले श्रीलंकाका रोशन सिल्भालाई टिम साउदीको हातबाट क्याच आउट गराए । बोल्टले यो ओभरमा कूल ६ रन दिए । त्यसपछिको ३८ औं ओभर टिम साउदीले बलिङ गरे ।

३९ औं ओभरमा फेरि बोल्ट बलिङमा आए । यो ओभरको पहिलो बलमै बोल्टले निरोसन डिकवेलालाई टिम साउदीकै हातबाट क्याच आउट गराए । ओभरको दोस्रो, तेस्रो र चौथो बलमा बोल्टले कुनै रन दिएनन् । पाँचौं बलमा बोल्टले दिलरुवान परेरालाई एलबीडब्लु आउट गरे । ओभरको छैटौं बलमा बोल्टले सुरंगा लकमललाई एलबीडब्लु आउट गरे ।

त्यसपछिको ४० औं ओभरमा पनि टिम साउदीले नै बलिङ गरे । ४१ औं ओभरमा फेरि बोल्ट बलिङमा आए । ४१ औं ओभरको पहिलो बलमा बोल्टले कुनै र दिएनन् । दोस्रो बलमा उनले दुश्मन्त चमिरालाई एलबीडब्लु आउट गरे । तेस्रो, चौथो र पाँचौं बलमा कुनै रन नदिएका बोल्टले ओभरको अन्तिम बलमा लाहिरु कुमारालाई एलबीडब्लु आउट गरे । कुमारा आउट भएसँगै श्रीलंका १०४ रनमा अलआउट भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083