फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो ?
वि.सं.२०७५ पुस २० शुक्रवार ११:०२
4.75K
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ १ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ६१ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४० रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १४१ रुपैयाँ ४७ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ७६ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)
















