घट्यो सुनको मुल्य
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०७:३३
6.77K
shares
shares

काठमाडौं । सुनको मुल्य पाँच दिनदेखि निरन्तर घटिरहेको छ । ७२ हजारमा कारोबार भएको सुनको मुल्य निरन्तर ओरालो लागेर मंगलबार आईपुग्दा ७० हजार आठ सय रुपैँयामा झरेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ७० हजार आठ सय र तेजाबी सुन ७० हजार पाच सय रुपैँया निर्धारण रहेको छ ।
सुन चाँदीको मुल्य निरन्तर रुपमा ओरालो लागेको छ । आज चाँदी प्रतीतोला ८३० रुपैया कायम रहेको सुनचादी महासंघले जानकारी दिएको छ ।
























