नेप्सेमा झिनो सुधार

Nepal Life Insurance Long Ad

काठमाडौँ।  धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ । नेप्से सामान्य बढे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.५९, होटल १२।७५, वित्त ०।२५, उत्पादन ४।७५ विन्दुले घटेको छ । यस्तै व्यापार १५.८४, विकास बैंक ५।०३, जलविद्युत् ०.२९, निर्जीवन बीमा ३८.७५, अन्य २.२९, लघुवित्त ९.८८, जीवन बीमा ४६.५८ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ४६ लाख २८ हजार ६४३ बराबरको कारोवार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ५० लाख ७४ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड २२ लाख २४ हजार ५९४, नेपाल बैंक लिमिटेड रु एक करोड १४ लाख , एनआइसी एशिया बैंक रु एक करोड ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल फाइनान्स कम्पनीका शेयरधनीले ९.६८ प्रतिशतले कमाउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था ६।९२, स्पर्श लघुवित्त वित्तीय संस्था ५.०३, आशा लघुवित्त वित्तीय संस्था ४.२२, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.१८ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ३।९१ प्रतिशतले कमाएका छन् ।

यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.८९, नेपाल सेवा लघुवित्त ५.६८, आँखु खोला जलविद्युत् कम्पनी ४.८३, हिमालयन पावर पार्टनर ४।१९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३।७५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...