घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ
वि.सं.२०७६ पुस १ मंगलवार १०:५४
4.9K
shares
shares

काठमाडौं । घुस लिएको आरोपमा गुठी संस्थान प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी प्रकाउ परेका छन् ।
सेवाग्राहिबाट घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१ मा रहेको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।











