नेप्सेमा दोहोरो अङ्कको वृद्धि

7.27K
shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

आइतबारदेखि सुधार देखिएको बजारमा आज भने करीब १८ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७।७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ प्रतिशतका आधारमा नेप्सेमा सुधार देखिएको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक २।९४ विन्दुले बढेर २५४.५३ मा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । सामूहिक लगानी कोष ०.०९ विन्दुले घट्दा बैंकिङ ३.३२, व्यापार १५.५७, होटल ४६.९९, विकास बैंक १६.४४, जलविद्युत् ७.७६, वित्त ११.५४,निर्जीवन बीमा १५८.८, उत्पादन ११३.८९, अन्य ३१.६४, लघुवित्त ३०.७४, जीवन बीमा १७०.८८ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ८५ लाख ६० हजार १५२ बराबरको कारोवार भयो । यस्तै नवील बैंक रु चार करोड ९९ लाख ६८ हजार ५२४, नेपाल बैंक लिमिटेड रु चार करोड ७३ लाख ६५ हजार २७२, एनसिसी बैंक रु तीन करोड ७४ लाख १४ हजार ५९६, नागरिक लगानी कोष रु तीन करोड ४८ लाख ७८ हजार ३९४, एनएमबी बैंक रु तीन करोड १९ लाख ७६ हजार १८५ र हिमालय डिस्टिलरी रु दुई करोड ४७ लाख ८५ हजार ३६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी ९.९२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.८६, शिवम् सिमेन्ट ९.८६, गुराँस लघुवित्त वित्तीय संस्था ९.८४, सिर्जना फाइनान्स ९।७१ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.५२ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ७.०१, दिव्यश्वरी हाइड्रोपावर ३.७०, खानीखोला हाइड्रोपावर ३।७०, तिनाउ मिसन डेभलपमेन्ट बैंक २.५८, कालिका पावर कम्पनी २.३२ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083