सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

२०७६ पुस २० आइतवार
1.9K
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । यस्तै तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।
गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । यस्तै तेजावी सुनको मूल्य पनि ७४ हजामर २ सयबाट एक हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ । शुक्रबार र आइबार चाँदीको मूल्यमा भने खासै फरक परेको छैन् ।

२०७६ पुस २० आइतवार