एसइईको प्रदेश सरकार र कक्षा १२ को परीक्षा संघले लिने

5.06K
shares

प्युठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार समाजवाद उन्मुख शिक्षा नीति निर्माणमा लागेको बताएका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकारले समाजवादउन्मुख शिक्षा नीति निर्माण गरिरहेको जानकारी दिए। ऐन, नीति, नियम निर्माणका साथै समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ छ।

केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए। उनले नयाँ नीतिमा ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा संघीय सरकारले लिनेगरी व्यवस्था गर्न लागिएको पनि बताए।

मन्त्री पोखरेलले नेपालमा २०४६/४७ को जनआन्दोलन पछि शिक्षा प्रणालीमा व्यापारीकरण भएकाले यसको सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा सरकार रहेको बताए।

फरक प्रसंगमा मन्त्री अधिकारीले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिए। नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागेको भन्दै उनले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढाइने बताए। रासस


divya collage
unigloble collage