धुर्मुस-सुन्तलीसँगै कुलमान घिसिङ सम्मानित, पाए ५-५ लाख

7.27K
shares

काठमाडौं । सामाजिक अभियान्त तथा चर्चित हास्यकलाकार ‘धुर्मुस-सुन्तली’लाई सम्मान गरिएको छ। कान्तिपुर मिडिया ग्रुपको संस्था कान्तिपुर फाउन्डेसनले ‘धुर्मुस-सुन्तली’लाई कान्तिपुर आइकन २०७५ ले सम्मानित गरेको हो। चार विधामा घोषणा गरिएको कान्तिपुर आइकन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन्।

मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्‍याएका चारजना अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो। जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान ‘विज्ञान–अन्वेषण’ तर्फ वागवानी विज्ञ मुकुन्द रञ्जित, ‘सिर्जना–कला’ तर्फ सुनील पोखरेल, अर्थ–उद्यम तर्फ कुलमान घिसिङ, समाज–राजनीति तर्फ हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरिएको हो।

उक्त सम्मानको लागि धुर्मुस सुन्तलीले कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘तपाईहरुको माया, प्रेम अनि आर्शिवादले हामी ‘कान्तिपुर आइकन २०७५’ सामाजिक बिधाबाट सम्मानित भएका छौं। यो सम्मान सम्पुर्ण शुभचिन्तक ज्यूहरु एवम् सहयोगी मनहरुमा समर्पण गर्न चाहान्छौं। महत्वपुर्ण सम्मान गर्नुभएकोमा कान्तिपुर फाउण्डेशनलाई बिशेष धन्यवाद एवम् आभार। साथै अन्य बिधाबाट सम्मानित आदरणिय ब्यक्तिहरु कुलमान घिसिङ, सुनिल पोखरेल तथा डा.मुकुन्द रंजीतज्यूलाई बधाई एवम् शुभकामना।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083