मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल

4.88K
shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताए । माध्यामिक विद्यालय शिक्षक युनियन हिस्टानको आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डो-याउने बताए ।

“देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ”, , “जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ, हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ ।”

उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे । “गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ”, उनले भने ।

मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागिपरेको समेत जानकारी दिए। शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, सङ्घीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए । उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरे ।

नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकमा शिक्षा र स्वास्थ्यमा प्रगति भएको भन्दै बजारले माग गर्ने खालका प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले शिक्षाको गुणस्तर उठाउनका लागि सरकार, शिक्षक र व्यवस्थापन मिलेर काम गर्नुपर्नेमा जोड दिए । हिस्टानका निवर्तमान अध्यक्ष दीपकराज सुवेदी र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सबै शिक्षक सङ्गठन गोलबन्द हुनुपर्ने भन्दै शिक्षकका समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताए।

कार्यक्रममा शिक्षक आन्दोलनमा सहयोग पु-याएको भन्दै काँग्रेसका नेता महत, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हिस्टानका पूर्वअध्यक्ष डिल्ली सिग्देल र दीपकराज सुवेदीलाई सम्मान गरिएको थियो । माध्यामिक विद्यालय शिक्षक युनियन, नेपाल र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनबीच एकता भएको हो । हिस्टानका अध्यक्ष पुष्पप्रसाद न्यौपानेले एउटै मुद्दा भएकाले दुई शिक्षक सङ्गठनलाई एक बनाइएको जानकारी दिए । उनका अनुसार आजको एकता महाधिवेशनले ११५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083