कोशीमा स्नान गर्न आउनेको घुइँचो

Nepal Life Insurance Long Ad

राजविराज । हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिका अवसरमा सप्तरीको कोशीको जलासयमा नुहाएर आज भव्यताका साथ मनाइँदैछ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थितकोशी ब्यारेजमा आज बिहानैदेखि कोशी स्नान  तथा मेला भर्न आउनेको घुइँचो लागेको छ ।

कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको बिहार राज्यको पूर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, रतनपुरालगायतका स्थानबाट स्नान गर्न आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । यस वर्षसमेत कोशी ब्यारेजमा स्नान गर्न तथा मेला भर्न सर्वसाधारणको उपस्थिति भएको स्थानीय बिन्देश्वर माझीले जानकारी दिए ।

बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, इ–रिक्सा, साइकलसहितका अन्य सवारी साधनबाट मेला भर्न तथा कोशी स्नानका लागि सर्वसाधारण आइरहेका उहाँले बताउनुभयो । कृषि मेलाका रूपमा समेत चिनिने यो एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीको खरीद बिक्रीका लागि यहाँ महत्वपूर्ण मानिन्छ ।

यस अतिरिक्त सप्तरीको हनुमाननगर, इटहरी विष्णुपुर, मेगजिन चुरिया, पथरी, झनकट्टा, मलकोरलगायतका स्थानमा समेत मेला लागेको छ । पुस शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास छ । यहाँ बिहानै कोशीलगायतका जलासयमा नुहाएर मिठोचोखो खाने चलन रहँदै आएको छ ।

पुसे पूर्णिमामा लाग्ने ठूलो मेलाका लागि कोशी ब्यारेजमा भव्य तयारी गर्नुका साथै भम्रण वर्ष २०२० का लागि आन्तरिक तथा बाहिरका पर्यटक भित्र्याउनका लागि विभिन्न स्थानमा रमाइलो तथा आकर्षित वस्तु राखिएका छन् । मेलामा कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा ब्यवस्थामा समेत कडाइ गरिएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मुख्य सडकमै पर्ने कोशी ब्यारेजमा हुनाले कोशी मेलामा सुरक्षित एवं सहज तरिकाले मेला गर्ने उद्देश्यले व्यवस्थित गर्न ट्राफिक प्रहरी पनि परिचालन गरिएको जनाइएको छ ।

कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन जाशयमा स्नान गरेर भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मिठाइ खाने गरिन्छ । यद्यपि पछिल्लो समयमा माछा, मासु खानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । मेला भर्ना विशेषगरी भारदहस्थित कोशी ब्यारेज, ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र जगतपुरको झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायतका स्थानमा सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले आज एक दिनका लागि बिदा दिएको हो । तीनै स्थानीय तहले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पुसे पूर्णिमाका अवसरमा बिदा दिने निर्णय गरेको जनाइएको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...