एभेन्जर्स इन्फिनिटी वार वर्षकै सर्वाधिक कमाई गर्न सफल फिल्म

7.59K
shares

मुम्बई । यस शुक्रवार रिलिज भएको हलिउड सुपरहिरो फिल्म एभेन्जर्स इन्फिनिटी वारले यो वर्ष रिलिज भएका बलिउडका सबै फिल्मलाई पछारिदिएको छ।

यो फिल्म रिलिज भएको पहिलो दिन बलिउडमा वर्षकै सबैभन्दा धेरै कमाई गर्न सफल भएको छ। फिल्मले पद्मावत र बागी २ जस्ता फिल्मलाई पनि उछिन्दै पहिलो दिनमा ३१ र ३० करोड भारतीय रुपैयाँ रुपए नेट बक्स अफि‍स कलेक्सन कमाउन सफल भएको छ। यो फिल्मले समग्रमा ४० १३ करोड रुपैयाँ कमाएको छ ।

फिल्म क्रिटिक तथा ट्रेड एक्सपर्ट तरण आदर्शले ट्विट गर्दै एभेन्जर्सको ओपनिङ डे को आम्दानी अंग्रेजी र डब दुवैको जोडेर ३१ करो भएको हो । समाचार अनुसार यो साल बलिउडमा सार्वजनिक फिल्ममा एभेन्जर्सको पहिलो दिनको कमाई सबैभन्दा धेरै हो । बागी २ ले पहिलो दिन २५।१० करोड, पद्मावतले १९ करोड, प्याडम्यानले १० २६ करोड र रेडले १०।०४ करोड रुपैयाँ कमाएका थिए ।

भारतमा एभेन्जर्स इन्फीनिटी वार २ हजार पर्दामा रिलिज भएको छ । बिहीबार भएको रात्रि शोमा पनि एभेन्जर्सले ठुलो कमाई गर्‍यो । यो प्रिभ्यू शो बाट चौथो सबैभन्दा धेरै कमाउने फिल्म पनि यही बनेको छ। फिल्मले ३ ९ करोड डलर अर्थात या २६० करोड भारतीय रुपैयाँ कमाएको थियो ।


divya collage
unigloble collage