चिनीमा युरिया मिसाएर बिक्री गर्ने पाण्डे पक्राउ

7.12K
shares

खोटाङ । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डे पक्राउ परेक छन् । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिल मार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।

पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए । मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट दुई लाख धरौटी मागिएको प्रशासनले जनाएको छ । एक ग्राहकले गत चैत ३० गते खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि प्रशासनले सोही दिन राति पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो ।

शिलबन्दी पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते परीक्षणका लागि चिनीको नमूना संकलन गरेको थियो । खाद्य पदार्थमा अखाद्यवस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ । लामो समयदेखि जिल्लामा व्यवसाय गर्दै आएका पाण्डेले विभिन्न बहानामा ठगी गर्दै आएको गुनासो आउने गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083