राष्ट्रपतिले गरिन् ५ हजार क्षमता सभाहलको शिलान्यास

वि.सं.२०७५ वैशाख १७ सोमवार १३:०९
5.4K
shares
shares

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा ५ हजार क्षमताको सभाहलको शिलान्यास गर्दै
बुटवल । लुम्बिनीमा ५ हजार क्षमताको सभाहलको शिलान्यास भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्र सहितको सभाहलको शिलान्यास गरेकी हुन् ।
२ वर्ष अघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलिए पछि प्रधानमन्त्री ओलीले सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए । ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको लुम्बिनी विकास कोषले दाबी समेत गरेको छ ।