यस्तो हुदैँ छ दाजुभाइ नहुने अभिनेत्री हरुको तिहार

Nepal Life Insurance Long Ad

काठमाडौँ । तिहार हामी नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ र दाजबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदी भाइ र दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस्, दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो ।

पूजा शर्मा

‘प्रेम गीत’बाट चम्किएकी अभिनेत्री हुन् पूजा शर्मा । त्यसपछि उनी अभिनित म ‘यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ प्रदर्शनमा आए । लगानी जिनतिन सुरक्षित गर्न सफल यी चलचित्रले पूजाको करियर भने उकास्न सकेन । पूजा आमाबाबुकी एक्ली सन्तान हुन् । भीजे हुँदै अभिनयमा भित्रिएकी पूजा दाजुभाइ नभए पनि तिहार विशेष लाग्ने बताउँछिन् । तिहार काठमाडौँ रमाइलोसँग मनाउने सोचमा रहेकी उनको भाइटीका लगाउने योजना छैन ।

विगतका वर्षहरूमा कहिले नजिकका दाजुभाइ पर्नेलाई टीका लागाउने गरेको र कहिले नलगाइ बस्ने गरेको उनले सुनाइन् । अरूले आफ्नो दाजुभाइसँग रमाइलो गरेर टीका लगाएको देख्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउने उनी तिहारको समयमा रानी पोखरीसमेत जाने गरेकी छन् ।

रजनी केसी

केही समययता अभिनेत्री रजनीका चलचित्र आएका छैनन् । ‘लोफर’बाट अभिनयमा डेब्यु गरे पनि ‘परदेशी’बाट चिनिएकी रजनीमा पछिल्लो समय ‘ब्रासलेट’, ‘लालजोडी’, ‘पटुकी’लगायत आधादर्जन बढी चलचित्र आए । तर ती सबै चलचित्र आएगएको दर्शकले थाहा पाएनन् । रजनी पनि परिवारकी एक्लो सन्तान हुन् । दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन् ।

तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीकी पारखी पनि हुन् । उनी दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन् । पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले बाहिर पनि केहीलाई दाजुभाइ बनाएकी छन् । दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली तिहारको समय जहिले पनि उनको मनमा चल्ने गरेको छ ।

संचिता लुइटेल

संचिता लुइटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन् । घरमा जेठो सन्तानका रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन् । दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विशेष तरिकाले मनाउने गरेकी छन् । यस वर्षको पनि विशेष हुने उनले सुनाइन् । काग तिहारदेखि भाइटीकाको दिनसम्म उनी निकै व्यस्त रहनेछिन् । देउसी भैलो परिवार साथीभाइसँग खेल्ने योजना बनाएकी उनको योजना भने अन्य भन्दा फरक हुनेछ । दिदीबहिनीबीच एकअर्कोलाई टीका लगाएर भाइटीका उनले मनाउने छिन् । उनकी बहिनी भाइटीकाको केही दिन अगाडि विदेश उड्ने भएकाले भाइटीका लगाउने केही दिन पहिले नै यस पटकको टीका लगाउने उनले सुनाइन् ।

त्यसो त उनले अहिलेसम्म कसैलाई दाजुभाइ नबनाएको भने होइन । केही दाजुभाइ बनाएकी छन् । ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन् । एक वर्ष टीका लगाएर अर्को वर्ष टीका लगाउन पाइएन भने आफूलाई र दाजुभाइ दुवैलाई खल्लो महसुस हुने भएकाले बनाएको दाजुभाइलाई आफूले टीका नलगाएको संचिताले सुनाइन् ।

शिल्पा पोख्रेल

शिल्पा अभिनेत्रीमा मात्र सीमित छैन । उनी निर्माता समेत बनेकी छन् । उनको निर्माण रहेको पछिल्लो चलचित्र ‘मङ्गलम्’ केही पहिले प्रदर्शनमा आएको थियो । शिल्पा पनि दाजुभाइ नहुने अभिनेत्रीमा पर्छिन् । घरकी जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया । दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन ।

उनले निर्देशक विकाश रौनियारलाई दाइ मानेकी छिन् । भाइटीका पनि रौनियारलाई नै लगाउँछिन् । तिहारको देउँसी भैलो धेरै रमाइलो लाग्ने बताउने उनको तिहार रमाइलो गर्दै बनाउने विचार छ ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...