दीपिका–रणबीरको विवाह : होटलको भाडादेखि कार्यक्रमको बीमालगायत हनिमुनको योजनासम्मका नालीबेली

Nepal Life Insurance Long Ad

काठमाडौँ । रणबीर सिंह र दीपिका पादुकोणको १४ र १५ नाभेम्बरमा इटालीको ‘लेक कोमो’ मा विवाह कार्यक्रम आयोजना गरिनेछ । विवाह दुई प्रकारले गरिने बताइएको छ । १४ नोभेम्बरमा कोंकणी परम्परामा र १५ मा सिन्धी रिति रिवाजले विवाह सम्पन्न हुनेछ । नोभेम्बर १३ मा संगीत कार्यक्रम हुनेछ ।

कार्यक्रमको बीमा :

सरकारी बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स ९ओआईसी० ले उनीहरुको विवाहको भेन्युको इन्स्योरेनस गरेको छ । बीमाको नीति अनुसार दीपिका रणबीरको विवाहको पाँच दिन ९१२–१६० सम्म चोरी, बिस्फोट, विमान यात्रा, भूकम्प, पानी, बाढी, आँधी र आगोबाट भएको क्षतीलाई कभर गरिनेछ । कभरमा गरगहना पनि समावेश छ ।

एक दिनको भाडा २४ लाख भारु :

रिपोर्टका अनुसार जहाँ विवाह भइरहेको छ त्यहाँको एउटा कोठाको न्यूनतम भाडा ४ सय युरो छ । विवाह स्थलमा ७५ वटा कोठा छन् । यो हिसाबले हेर्ने हो भने दीपिका रणबीरले दैनिक २४ लाख ७५ हजार भारु भाडामा खर्च गरिरहेका छन् । एक हप्ताका लागि दुबैले १ करोड ७३ लाख २५ हजार भारु भाडामा खर्च गर्नेछन् ।

लेक कोमोमा कहिलेसम्म बस्नेछन् रणबीर दीपिका ?

यी दुई १६ नोभेम्बरसम्म लेक कोमामा बस्ने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार विवाहको कार्यक्रम र अन्य कुराका लागि बीमा गरिएको छ । बीमाको समयावधी १२ देखि १६ नोभेम्बरसम्म छ ।

कहिलेदेखि सुरु हुनेछ कार्यक्रम ?

रणबीर–दीपिका नोभेम्बर १० मा इटाली प्रस्थान गरेका थिए । मिडिया रिपोर्ट अनुसार नोभेम्बर १३ मा संगीत कार्यक्रमको आयोजना हुनेछ जसमा नजिकका साथी र आफन्त समावेश हुनेछन् । दीपिका र रणबीरले विवाहलाई नीजि राख्ने निर्णय गरेका छन् । त्यसकारण कम व्यक्तिलाई मात्र विवाहमा निम्तो दिइएको छ ।

कहिले विवाह गर्नेछन् दीपिका रणबीर ?

राणबीर सिंह र दीपिका पादुकोण १४–१५ नोभेम्बरमा इटालीको लेक कोमा विवाह गर्दैछन् । यहाँ हलिउड सेलिब्रिटीका विभिन्न कार्यक्रम आयोजना भएका छन् । हालै इशा अम्बानी र आनन्द पिरामिलको इन्गेजमेन्ट पनि लेक कोमोमा नै आयोजित भएको थियो ।

कुन रीति–रिवाजबाट हुनेछ विवाह ?

विवाह दुई रीति–रिवाजले हुनेछ । १४ नोभेम्बरमा कोंकणी परम्परा र १५ मा सिन्धी रीति रिवाजमा विवाह सम्पन्न हुनेछ । दीपिका कोंकणी मूलकी हुन् जबकी रणबीर सिन्धीका हुन् ।

विवाहमा दीपिकाले के लगाउनेछिन् ?

कोंकणी रीति रिवाजबाट हुने विवाहमा दीपिकाले साडी र सुनका आकर्षक गहना लगाउनेछिन् । जबकि सिन्धी रीति–रिवाजबाटख हुने विवाहमा दीपिकाले लेहेंगा लगाउनेछिन् । लेहेंगाको रङ गुलाबी र पर्पल बताइन्छ जससँग उनी रिगलजडित नेक्लेस लगाउनेछिन् । विवाहको दिन दीपिका डिजाइनर सब्यसाचीको कलेक्शनमा देखिनेछिन् ।

मेन्युमा के के हुनेछ ?

यी दुईको विवाहको मेन्यूमा इन्डियन र कन्टिनेन्टल व्यञ्जनलाई छनोट गरिएको छ । नोभेम्बर १४ तारिखमा पारम्परिक मेन्यु हुनेछ जसमा डोसा र चामल सर्भ गरिनेछ र नोभेम्बर १५ मा पंजाबी आइटम सर्भ गरिन्छ ।

दीपिका, रणबीरको विवाहमा विराट अनुष्काको कनेक्सन :

दीपिका–रणबीरको विवाहका लागि द वेडिङ फिल्मरलाई हायर गरिएको छ । यसअघि वेडिङ फिल्मरको टिमले विराट कोहली र अनुष्काको विवाहको जिम्मा लिएको थियो । उनीहरुले बिपाशा–करण सिंह ग्रोवर, ईशा देओल–भारत तख्तानी, दिया मिर्जाको विवाह पनि सुट गरेका छन् ।

विवाहमा कसरी हुनेछ रणबीरको इन्ट्रि ?

पिंकविलाको रिपोर्ट अनुसार रणबीरको इन्ट्रि जबरजस्त तरिकाले हुनेछ । उनी कुनै कार र घोडामा बसेर आउने छैनन् । रणबीर आफ्नो अचम्मको अन्दाजमा सिप्लेनमा इन्ट्रि गर्नेछन् ।

कहाँ र कहिले हुनेछ रिसेप्शन पार्टी ?

दीपिका र रणबीरको मुम्बई रिसेप्शन नोभेम्बर २८ मा होटल ग्रान्ड हयातमा हुनेछ । जुन राती ८ बजेदेखि सुरु हुनेछ । यो रिसेप्शन पार्टी रणबीर सिंहको आमाबुवाको तर्फबाट राखिएको हो । यस्तै, २१ नोभेम्बरमा दीपिकाको होमटाउन बेंगलुरुमा रिसेप्शन पार्टीमा हुनेछ । यसलाई दीपिकाको आमा–बुवाले होस्ट गर्नेछन् ।

क–कसलाई दिइयो निम्तो ?

मिडिया रिपोर्ट अनुसार दीपिका–रणबीरको विवाह निकै कम मानिस बोलाइएको छ । खबरका अनुसार लेक कोमोमा साथीभाइ र आफन्त गरी ३० जनालाई बोलाइएको छ । यस्तै बलिउडबाट फराह खान, शाहरुख खान, संजय लिला भंसालीलाई बोलाइएको खबर छ ।

यसकारण विवाहमा फोन लैजान पाइँदैन :

विवाहको तस्बिर लिक नहोस् भन्नका लागि विशेष तयारी गरिएको छ । विवाहमा मोबाइल फोन लैजान अनुमती छैन ।

हनिमुनको योजना छैन:

विवाह पछि रणबीर–दीपिका लामो समयका लागि हनिमूनमा जानेछैनन् किनभने रणबीर फिल्म सिम्बाको प्रोमोशनमा उपस्थित हुनुपर्नेछ । एजेन्सी


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...