भाइटिका लगाइदिएर घर फर्किन लागेकी बहिनीलाई दाइले खुकुरी हाने

6.2K
shares

काठमाडौं । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र दुई भाञ्जीमाथी खुकुरी प्राहार गरेका छन् । दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् । बहिनी र भञ्जीहरुलाई खुकुरी प्रहार गरे पश्चात उनले आफ्नै पेटमा खुकुरी छिराएका थिए।

गम्भिर घाइते भएकी बहिनी रेनुका मगर भुजेल, भाञ्जीद्वय ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको जिल्ला अस्पतालमा उपचार हुन नकसेपछि काठमाडौं रेफर गरिएको छ। विवसको पनि उपचार भइरहेको छ। रेनुका, कृष्टिना र ओरिनाको अधिकांस चोट टाउकोमा परेको छ।

गाडी चढ्न हिँड्न लागेका बहिनी र भाञ्जीलाई बिहान ५ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इनिस्पेक्टर लक्ष्मण थापा मगरले जानकारी दिए।
जिल्ला अस्पतालले रेफर गरेकाले उनिहरुलाई थप उपचारकालागि काठमाण्डौं लािगएको हो। हेलिकप्टर चार्टर गरेर काठमाडौं लािगएको थापामगरले बताए। खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन।


divya collage
unigloble collage