यसरी मनाइन् प्रेमीसँग नायिका साम्राज्ञीले जन्मदिन !

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपाली चलचित्रमा प्रेमले भरिएका कथावस्तु मात्र रोज्ने गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको वास्तविक जीवन पनि कुनै चलचित्रको कथा भन्दा फरक छैन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा धेरै प्रकारले हुने गर्दछ र त्यसमध्ये एउटा कारण प्रेम पनि हो ।

व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहँदा साम्राज्ञी सधै नै लाइमलाइटमा रहेकी थिइन् । तर, यी दुइको प्रेम शंकै शंकाले लंका जलाउँछ भने जस्तै भयो । यसपछि दुइले अलग हुने बाटो रोजेका थिए ।

तर, मयंकसँग अलग भएको केही समयमा नै साम्राज्ञीले अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्ध गाँसेको चर्चा चलचित्र बजारमा छ । केही महिना अगाडि जापानमा आयोजना भएको एक अवार्ड समारोहबाट फर्कने क्रममा साम्राज्ञीका प्रेमी उनलाई लिन त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

सो समयमा विमानस्थल बाहिर रहेका पत्रकारबाट छलिन साम्राज्ञीले अन्य नायिकासँग मुख र टाउको ढाक्नका लागि कपडा मागेको चर्चा चलचित्र बजारमा अहिले पनि चल्ने गर्दछ । उनै, साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साम्राज्ञीले आफ्नो जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि उनको घरमा पार्टी चलेको थियो ।

साम्राज्ञीको पार्टीमा उनका केही नजिकका साथी मात्र उपस्थित थिए । उनीहरुले इन्स्टाग्राममा राखेको तस्बिरमा पनि साम्राज्ञी, उनका प्रेमी देवांश र साथीहरु खुबै झुमेको देख्न सकिन्छ । साम्राज्ञीले देवांशसँगको प्रेमको बारेमा आजसम्म मुख खोलेकी छैनन् । उनले मयंकसँग प्रेममा रहँदा पनि मुख खोलेकी थिइनन् ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...