चिनियाँ वैज्ञानिकले बनाए वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो कृत्रिम सूर्य

Nepal Life Insurance Long Ad

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने क्रममा चिनियाँ वैज्ञानिकहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् ।

अझ रोचक कुरा त के भने चीनको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुनेछ । सौर्यमण्डलको सूर्यको केन्द्रको तापक्रम डेढ करोड डिग्री सेल्सियस छ । जबकि चीनले बनाउने नयाँ सूर्यको केन्द्रको तापक्रम १० करोड डिग्री सेल्सियसभन्दा धेरै हुनेछ ।

यो कृत्रिम सूर्यले उत्पन्न गर्ने ऊर्जालाई विशेष प्रविधिबाट पर्यावरणका लागि सुरक्षित हरित उर्जामा परिवर्तन गर्न सकिनेछ । यसले धर्तीमा ऊर्जाको बढ्दो संकटलाई कम गर्नेछ । यसलाई ऊर्जाको वैकल्पिक श्रोतको रुपमा प्रयोग गर्न सकिनेछ ।

चीनको इन्स्टिच्यूट अफ फिजिकल साइन्सका वैज्ञानिकहरुका अनुसार कृत्रिम सूर्यको अहिले परीक्षण चलिरहेको छ । यसलाई द एक्सपेरिमेन्टल एडभान्स सुपर कन्डक्टिङ टोकामाक अर्थात् इस्ट नाम दिइएको छ । कृत्रिम सूर्यमा न्यूक्लियर फ्युजन क्रिया हुनेछ । यसले सौर्यमण्डलको मध्यमा अवस्थित कुनै ताराको रुपमा उर्जा भण्डार उपलब्ध गराउनेछ ।

यो कृत्रिम सूर्य एक मेसिनको रुपमा हुनेछ । यो डुनोट आकारको हुनेछ । परमाणु विखण्डन प्रतिक्रियाका माध्यमबाट तापक्रम उत्पन्न हुनेछ । यो कृत्रिम सूर्य एक दिनका लागि सञ्चालन गर्न करीब २० लाख रुपैयाँ बराबरको खर्च हुने बताइएको छ । अहिले यो कृत्रिम सूर्यवाला मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स टापुमा राखिएको छ ।

कृत्रिम सूर्य बनाउनका लागि हाइड्रोजन ग्यासलाई ५ करोड डिग्री सेल्सियसको तापक्रममा तताएर त्यसको तापक्रम १०२ सेकेण्ड सम्म स्थिर राखिन्छ । त्यसबाट हाइड्रोजन हिलियममा परिणत हुन्छ र ठूलो परिमाणमा ताप र प्रकाश निस्किन्छ ।

वैज्ञानिकहरुका लागि यो कृत्रिम सूर्यको सञ्चालनले विश्वमा जिवाश्म इन्धन माथिको निर्भरतालाई कम गर्न सहयोग गर्नेछ ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...