साहित्यकार रुद्रराज पाण्डेको जीवनी

२०७५ मंसिर ३ सोमवार
3.9K
shares
बिन्दा अछामी
नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्टको सेवा गर्ने महापुरुषहरु मध्य रुद्रराज पाण्डे एक हुनुहुन्छ । राष्ट र परमार्थको सेवामा समयको सदुपयोग गरेर जिवन समर्पण गरी यस पृथ्वीको मुहार हसिलो पार्ने रुद्रराज पाण्ड्को जन्म वि.स. १९५७ साल फागुन २६ गते – तदनुसार) चैत्र शुक्ल चतुर्थीको दिन काठमाडौंको प्यूखा टोलमा भएको थियो ।
उहाँकापुर्खाहरु गोरखाका शाह राजाहरु त्था पाल्पा र तनहुका सेन राजाहरुका गुरु थिए । धर्म, शिक्षा र संस्कृतिमा महत्वपूर्ण योगदान दिने यस वंशमा संस्कृतका ज्ञाता पिता पधराजको जन्म पाल्पा धर्म पानीमा भएको थियो । उहाँको प्रभाव रुद्रराजमा पर्यो । र उहाँका पिताजीका मामा पं. लीलावल्लभ पन्त संग रुद्रराजले घरमा संस्कृत पढी रानीपोखरी संस्कृत पाठशालामा भर्नाहुनु भयो र संस्कृतका विभिन्न
विषयहरु राम्रो संग पढ्नु भयो । केहि समय पछिनै आपनो पिताका साथी दरवार हाई स्कुलका मास्टर्र इश्वरीदत्त रतूडीको प्रेरणा र ततकालीन वडागुरुज्यू कुवलयराज पण्डित ज्यूका छोराहरुका सहवासले रुद्रराज पाण्ड्ले पढ्न छोडी अंग्रेजी पढ्न थाल्नु भयो र दरवार स्कुलको तीन कक्षा भर्ना हुनुभयो । त्यस ताहा याहाा पढे पनि जाँच कलकत्ता विश्वविध्यालय वाट दिनु पर्ने हुदाँ वि.सं. १९७५ सालमा १८ बर्षो उमेरमा उहाँले कलकत्ता विश्वविध्यालय बाट प्रथम श्रेणिमा म्याद्रीक पास गनुभयो ।
राणाकालमा म्याद्रीक वा एस.एल.सी. पास भएपछि श्री ३ महाराज लाई दाम राखी परिचय गराउने चलन थियो । परिचय पछि उहाँको समयमा समशेर राणाले रु १००० । को दोसल्ला र अरुले रु ३००। को दोसल्ला पाउँथे । उहाँले पनि रु३००।-को दोसल्ला पाउनु भयो । म्याट्रीक पास गरि रुद्रराज पाण्डे सरकारी भत्ता पाई आई.ए. पढ्नको निम्ती कलकत्ता जानु भयो, तर त्याहाँको हावापानीले उहाँको फाईदा गरेन त्यहाँ पर्ढाई छोडी उहार्ँर् इलाहाँवाद पढ्न जानु भयो ।
त्यहाँ कायस्त पाठशाला कलेजमा आई.ए. म्योरसेन्टेल कलेज वाट बी.ए. र विश्वविध्यालयको मुख्य क्याम्पस बाट एम.ए. – इतिहास ) मा परिक्षामा तृतीय स्थान प्राप्त गरि उर्तीण हुनुभयो । काठमाडौ फर्रर्केपछि भारतीय प्रतिष्ठित व्यक्तिहरु संग सर्म्पर्क भएको चाल पाउने श्री ३ चन्द्रले उहाँलाई काम दिई नेपालमा नै राखे इच्छाले
आपनो नातीहरुलाई पढाउने शिक्षकमा राखे र साथै वि.स.१९८१ सालमा एम.ए. मा उत्तिर्ण गराएको सूचना प्राप्त भएको भालि पल्टनै त्रि.चन्द्र कलेजमा प्रोफेशर पदको र्सार्थ त्रि.चन्द्र कलेजको प्रोफेसरको दरवार स्कुलको ९,१० कक्षामा पढाउनु पर्ने हुदा दरवार स्कूलमा पनि पढाउनु भएको थियो र दरवार स्कूलको हेडमाष्टर भएपछि त्रिचन्द्र कलेजमा समेत इतिहास पढाउनु हुन्थो ।
दरवार हाई स्कूलको हेडमाष्टरको रुपमा पनि नियूक्त हुनु भयो । तयस वखत नेपालमा एक मात्र हाई स्कूल दरवार हाई स्कूलका उहाँ पहिलो नेपादी हेडमाष्टर हुनुभयो । उहाँले केहि वर्षभित्रै अनुशासनहिन हुदै गएको वातावरणलाई सुधारेर विद्यार्थीहरुलाई अनुशासित पारी दरवार हाई स्कूललाई स्तरीय विद्यालय बनाइ दिनुभयो । त्यहाँको अनुशासन र पर्ढाईले गर्दा राणाशासकहरले समेत प्रशंसा गर्ने थाले ।
श्री ३ महाराज देवसमशेर ज.व. राणालाई धनकुटा लगारे पछि श्री ३ चन्द्र समशेर र श्री ३ भीम समशेर वाट वाषिर्क पुरस्कार बाँड्ने काम हुन सकेन । उहाँ हेडमाष्टर हुदा राणा प्रधान मन्त्री बाट विद्यार्थीहरुलाई श्री ३ महाराज जुद्धसमशेर बाटपारीतोषिक वितरण वि.सं. १९८९ सालमा दरवार हाई स्कूलको भवनमा भयो पछि पाटन स्कूल र त्रि चन्द्र कलेजका विद्यार्थीहरुलाई मिर्ठाई तथा दैनिक खाजा व्यवस्था पनि निशुल्क शुरु गरियो नेपाली विद्याथीहरुले म्याट्रीक
परिक्षा पहिले कलकत्ता विश्वविद्यालयले र पछि पटना विश्वविद्यालयले लिने भएकोले नेपाली भाषा बाटै आपनो प्रतिभा दर्शाउन पाउन्नथे रुद्रराज पाण्डे आफै गई विहार सरकारका डी।पी।आई अग्रेज संग भेटेर नेपाली भाषामा प्रभावकारी रुपले बढाउने र नेपाली भाषा मा जाच दिन पाउने बन्दावस्त गराउनु भयो । उहाँको बिचार ठिक संम्झी भारत आस गरी पटनाबाट मान्यता दिलाउने प्रयास गरियो आखिरमा रुद्रराज पाण्डले आफै पटना गई त्यो कुराको बन्दोबस्त मिलाउन’ भयो र नेपालमा एस.एल. सी. परीक्षा खुल्यो ।
विद्याथर्र्हिलाई मण्डल बाँडी प्रतिस्पर्धा गराएर पहिलो हुने मण्डलले जुद्ध ढाल (श्री ३ ज’द्धसमशरद्धारा प्रदत्त शील्ड अथवा ढाल) प्राप्त गराउने व्यवस्था भयो । पटना विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको बखतमा रुद्रराज पाण्डे हेडमास्टर हुँदा उक्त विगशवविद्यालयले दरवार हाई स्कूलको पर्ढाईको म’क्त कण्ठले प्रशंसा गरेको पत्र पटना विश्वविद्यालयबाट दरवार स्कूलमा प्राप्त भएको थियो । ९० सालको भुकम्पमा विद्यार्थीहरुलार्य सेवा गर्ने भावना जगाएर स्वयंसेवक संघ खोलेर आफू सहित विद्यार्थीहरुबाट पीडितहरुको सेवा गनुभयो ।
यो कुरा मेजर जनरल ब्रहम शमशेरले लेखेको “भुकम्प” पुस्तकमा पनि लेखिएको छ । रुद्रराज दरवार हाई स्कूलको हेडमास्टर दँदा हरेक हपतामा पं.कोमलनाथद्वारा धार्मिक प्रवचन पनि गराइन्थ्यो । पहिले म’सलमान, दमाई, कसाही, क’स्ले आदिले स्कूलमा अरुसँग अरुसँग बसी पढ्न नपाउने हुँदा स.द्रराजको प्रयासद्धारा तिनीहरुले पढ्न पाए । बालकृष्ण समशेरद्धारा लिखित मुकुन्द इन्दिरा भन्ने नाटक वि.सं. १९९४ मा शिक्षा विभागका तत्कालीन डाइरेक्ट जनरल श्री मृगेन्द्र शमशेरलाई विद्यार्थीहरुद्धारा अभिनय गर्राई प्रदर्शन गराउन’ भयो ।
नाटक हेरेर श्री ३ जुद्ध ज्यादै प्रभावित भएपछि त्यस बेलाको सभागृह (हालको विशाल बजार) मा जनतालाई पनि प्रदर्शन हुँदा श्री त्रिभु’वन वीर विक्रम शाहदेव ज्यादै ख’शी होइबक्सेको थियो । नाटकमा भाग लिने विद्यार्थीहरुले बक्सिस पनि पाए । यस नाटकले जनतामा निकै प्रभाव पार्यो । पछि समजी रचित प्रल्हाद पनि खेलियो तर त्यत्तिको प्रभावकारी हुन सकेन । वि.सं. १९९५ सालमा सरदार रु्रद्रराज पाण्डे त्यस बखतको नेपालको एक मात्र कलेज त्रि-चन्दं कलेजको प्रिन्सिपल हुनुभयो ।
वि.सं. १९९५ देखि वि. २००८ सालसम्म उहाँ त्यस पदमा रहनुभयो। उहाँ त्रि-चन्द्र कलेजको प्रिन्सिपल भएपछि अनेक कक्षाहरु खुले – विज्ञान तर्फ भौतिकशास्त्र र रसायनशास्त्र र गण्तिमा मात्र सीमित भएको आइ.एस्सी को पढाइमा उहाँले जीवशास्त्र र वनस्पतिशास्त्रमा पनि पर्ढाई शुरु गराउनुभयो । यहाँकै कार्य कालमा वी.एस.सी कक्षा पनि खुल्यो । कला तर्फ भुगोल र त्स बखतमा राजनीति शास्त्रको पर्ढाई हरु हुनु पनि कम महत्वपृर्ण थिएन ।
इलाहावाद विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम।ए।पास गरी भारतमा मलिएर रहनु भएका निम्न कुलनाथ लोहनीलाई यहाँ झिकाई पहिले प्रान्सिसी भाषा पढाउने शिक्षकको रुपमा कलेजमा तत्कालीन शिक्षा विभागमा डाइरेक्टर जनरल मृगेन्द्र शमशेर ज.ब.रा. लाई सिफरिस गरी नियुक्ति मिलाईदिलाउनु भयो र पछि त्यस बखतमा शासकहरुलाई प्रभाव पारी एकजना रोलवाला राणा-संसदीय चुनावको पहिलो प्रमुख चुनाव आयुक्त सुवर्णशमशेर ज.ब.राणालाई बि.ए. मा राजनीतिशास्त्र लिने विद्यार्थी तुल्याई त्यो विषयको अध्ययन जारी गराउनु भयो र कुलनाथलाई त्यो विषयको प्रोफेसरको पदमा नियुक्त गराउनु भयो ।
त्रि-चन्द्र कलेजमा विद्यार्थीहरुको बोद्धिक विकासका लागि रुद्रराज पाण्डेले आफू प्रिन्सिपल हुँदा वादविवाद र लेख प्रतियोगिता गराउनु भयो र ट्यूटोरियल सिष्टम शुरु गरी प्रखर तुल्याउने दिशामा लाग्नुभयो । उहाँ हेडमाक्ष्टर हुँदा जसरी दरवार स्कूलले नाम कमाएको थियो त्यस्तै नाम विद्यार्थीको राम्रो हुँदा जसरी कलेजको पनि उन्नति भयो र त्यहाँको पर्ढाईको पटना विश्वविद्यालयका पदाधिकारीहरुले समेत मुक्त कण्ठले प्रशंसा गरे ।
उहाँ भारत यु.पी. र विहार वोर्डको साथै पटना विश्वविद्यालयबाट नेपालीलाई मुख्य विष्यको मान्यता दिइएको थियो । वि.सं. १९९७ को घटना हसँदा रुद्रराज पाण्डे त्रि-चन्द्र कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो । शहीद गंगालाल, भूपू. मन्त्री पुष्करनाथ उप्रेती, श्री फणीन्द्रराज सत्याल श्री दमनराज तुलाधर, श्री जीवनाथ लोहनी आदि विद्यार्थीहरु पनि पक्रिए तर उहाँले त्रि-चन्द्र कलेजको हाताभित्र पुलिसलाई पस्न दिनु भएन । राणा शासनको जमानामा त्रि-चन्द्र कलेजको जमानामा यत्रो हिम्मत गर्नु कम कुरा थिएन ।
२००४ सालमा जयतु संस्कृतम् आन्दोलनका विद्यार्थीहरु आन्दोलनमा लागी काशीमा परीषा दिन नसकी पछि काठमाडौंमा नै भएको परिक्षालाई काशीको संस्कृत विश्वविद्यालयबाट मान्यता दिइएन । विश्वविद्यालयका पदाधिकारीहरुसँग उहाँको परिचय हुँदा उहाँले सो परिक्षाको मान्यता दिलाउनु भयो । संस्कृतको परिक्षा पनि काठमाडौंमा नै हुने भयो । यसबाट संस्कृत शिक्षा विकासमा बल मिल्यो । श्री ३ पद्मको समयमा विधान बनाउँदा श्री प्रकाशको साथै उहाँको परम मित्र प्रो. राम उग्र सिंह पनि भारत सरकारको तर्फबाट सल्लाहकारका रुपमा आएका थिए । उहाँहरुबाट नेपालको वधान तयार गर्दा उहाँले निकै परिश्रम गर्नूभयो ।
प्रशासन सम्बन्धमा शिक्षा मन्त्रीसँग कुरा मिलेन र राजीनामा गर्दा प’रातत्व विभाग स्थापना गरी उहाँलाई निर्देशक बनाइयो । पुरातत्व विभागलाई दिइएको बसन्तपुर दरबारको एउटा कोठा कार्यालयबाट पनि पुरातत्व सम्बन्धी वस्त’हरुको संरक्षको निम्ति काम गर्नुभयो । नेपालको प्रथम आम चुनाव गराउनेको निम्ति खडा भएको निर्वाचन आयोगको आयुक्त उहाँ हुनुभयो । त्यस कार्यलाई सफल गराउन उहाँ दिलोज्यानले कार्यरत हुनुभयो पोखरा र भैरहवामा चुनावको महत्व दर्शाउने किसिमका नाटक उहाँले गराउनु भयो ।
वि.सं. २०१७ सालमा सं रुद्रराज पाण्डेले अवकाश पाएपछि काशी गएर बस्नु भयो । पछि श्री ५ महाराज धिराज महेन्द्र बाट बोलावट भई उहाँलाई त्रिभुवन विश्वविद्यालयको उप-कुलपतिमा २०२1 सालमा नियुक्ति गरिबकिसयो । उहाँको कार्यकालमा त्रिभुवन विश्वविद्यालयले निकै प्रगति गर्यो स्मृति भवन विश्वविद्यालयकाकार्यलयहरु त्रिपुरेश्रको बङ्गलाबाट सरियो । लालदरवार बाट केन्द्रिय पुस्तकालय पनि कृर्तिपुरको आफ्नै भवनमा सर्यो । सडक बनाइयो । छात्राबास बने ।
अध्ययन र अध्यापनलाई गहकिलो बनाउन उहाले विशेष रुची लिनुभयो । त्यसको साथसाथै अनुसन्धान पट्टपिनि उहाँले दिष्टि दिनुभयो । युवाप्राध्यापकहरुलाई हौसला दिनुभयो । राष्ट्र प्रेम जगाउने किसिमका कार्यक्रमहरु प्रारम्भ गर्नुभयो । नेपालको इतिहास, सस्कृति, सस्कृत, नेपाली भाषा आदिमा अनुसन्धान गर्नको निम्ती नेपाल अध्यन संथान खडा गरियो पछि सो संस्थान नेपाल र एशियाली अनुसन्धान मा परिणत भयो फोड फाउन्डेशन ,श्री ५को सरकार त्रिभुवन विश्वविद्यालय मिली उपकूलपतिको अध्यक्षतामा सेडाको प्रादुभाव भयो ।
राष्ट्रभाषा परिषद र सस्कृत र परिषद पनि खालियो । नयाँ नयाँ भवनहरु बन्यो । आर्य सस्कृतिका जगरर्ना गर्नको निम्ती आर्य विभुतिहरुको जयन्ती मनमउने प्रक्रियाको थालनी भयो नेपाली भाषालाई पछि शिक्षाको माध्यम बनाउने ध्येयले राष्ट्रभाषा समिती र सस्कृतिलाई, आधुनिक परिपाटिमा ढाल्नको निति संस्कृत परिषदको गठन भयो । स.रुद्रराज पाण्डेको उपकूलपतिमा कालमानै विज्ञानमा स्नाकोत्तर कक्षा खुल्यो ।
फेडरल रिपब्लिक अफ जर्मन्ीका त्यस बखतका राष्ट्रपतिको त्रिभुवन विश्वविद्यालयमा आगमन भयो र पश्चिम जर्मनी बाट विज्ञानको निम्ती प्रश्स्त मात्रा मा उपकरणहरु दिइयो । वनस्त शिात्रलाई बलियो बनाउनको निम्ती बनस्पतिले भरिएको उद्यान बन्यो र भारतका तत्कालीन राष्ट्रपति जाकिर हुसेनको विश्वविद्यालय आगमन समयमा एउटा बगैचा र अनुसन्धानको निम्ती गान्धी धवनको निमार्ण गर्न भारत सरकारले जिम्मा लियो र त्यहि मुताविक गुलाव उद्यान र गान्धी भवन बने ।
विज्ञानका युवा शिक्षकलाई अनुसन्धानकाु निम्ती बाहिर पठाउने बन्दाबस्त पनि उहाँको समयमा भयो । साथै प्राविधिक कलेजहरु खोलिने भएको थियो तर कार्यान्वयन हुन सकेन । विश्वविद्यालयको नेपाली भाग लाई पनि उहाँले बलियो तुल्याउनु भयो । ब्रिटिस काउन्लि तथा ब्रिटिस राजजुत संग अनुरोध गरि ब्रिटेन बाट नै प्रोफेशर डेभिसलाई झिकाई अग्रेजी बिभागलाई पनि सक्षम बनाउनु भयो । उहाँकै समयमा विश्वविद्यालयमा विद्यार्थीहरुको स्वास्थ उपचार को म्तिी स्वास्थ केनद्र बनेको हो ।
एउटा अस्पतालकै रुपमा त्यसलाई खडा गर्ने गरि योजन बनेको थियो तर त्यसोभने हुन सकेन । आफ्नो स्वास्थ पनि ठिक नभएकोले र आफ्नो अध्यात्म चिन्तनलाई बाधा गर्ने देखिनाले श्री ५ महेन्द्र सरकारले नचाहेर पनि उहाँले राजीनामा पेश गर्नु भयो र धेरै पछि सो राजीनामा स्वीकृत भयो । आफ्नो कुरा निर्भीक भएर पेश गर्ने स.रुद्रराज पाण्डेले कहिल्य पनि जस आफुले मात्र लिने गर्नु हुदैनथ्यो । बरु अपजस आफूले बोक्नु हुनथ्यो । उहाँले कहिले पनि पत्रकार सम्मेलन बोलाउनु भएन र आफ्नो प्रचार गराउनु भएन ।
रुद्रराज पाण्डे बालकाल देखिनै साहित्यमा चाख लिनु हुन्थो । त्यस बखतमा काठमाडौको फसीकेब स्थित पाशुपथ यान्त्रालय छापाखानामा कवि र साहित्यकारहरुको जमधट हुने गर्दथ्यो । त्यस्तै जमधट मच्छिन्द्र बहालमा साहु जोगविर सिंहको घरमा पनि हुन्थ्यो । त्यहि उहाँको कवि शिरोमणि लेखनाथ शम्भु प्रसाद ढुंगेल आदि संग सर्म्पर्क भयो । त्यहि मकै खेतिकाच लेखक सुब्बा कृष्णलाल आदि संग सर्म्पर्क भयो । स्कुलको छात्र हुदानै उहाँका कविताहरु भारत बाट निस्कने चन्दै चन्द्रिका नामक लेपाली पत्रपत्रीकामा निस्कियो र नेपािलमै प्रकाश भएको शूक्ति सिंधुमा पनि उहाँको एक कविता प्रकाश भएको थियो ।
म्याट्रीकपछि उहाँको पढाइ इलाहावादमा शुरु भएको कुरा माथि नै लेखिसकिएको छ । इलाहा बाद तयस बखतमा पर्ढाईको निमती र राष्ट्रिय राजनैतिक गतिविधिको निम्ति मात्र प्रख्यात होईन , साहित्यको निम्ती पनि प्रख्यात थियो । त्यहाँ उहाको पँ.सुमित्रानन्दन पन्त र परशुराम चतुरर्वेदी संग मित्रता थियो । भारतका प्रसिद्ध कवि सुमित्रानन्दन पन्तसंग मिलेर इलाहा बाद विश्वविद्यालयमा शाहजहाँ भन्ने नाटकमा पनि उहाँले भाग लिनुभयो ।
काठमाडौं आएपछि नेपाल सरकारको सेवामा संलग्न भएपछि पनि उहाँ चुप लागेर बस्नु भएन । महात्मा गाधीको बुनियादी शिक्षाबाट ज्यादै प्रभावित भै त्यस बारे जान्नको निम्ती उहाँ बर्घरानि जानु भयो र पछि श्री ३ पद्यमको समयमा नेपालमा आधार शिक्षाको नाउले त्यो प्रणाली लागू भयो । ताहचाल स्कूल खुल्यो आधार शिक्षा भित्राउन उहाँ बाट निकै प्रयत्न भयो । उहाँका यसमा भएको योग दान श्री ३ मोहन र शिक्षा निर्देशक मृगेन्द्र शमशेरले उल्यख गरेन्न । पछि त्यो प्रणाली धेरै दिन टिक्न सकेन ।
इण्डियन प्रेस इलाहाबाद बाटराजनिती विहिन , साहित्यिक , सांस्कृतिक र ऐतिहासिक लेखहरुले भरपुर भएको सरस्वती भन्ने मासिक पत्रिका निस्के जस्तै भाषको उत्थानको लागी आफ्ना घनिष्ट साथी सुब्बात्र क्रृदि बहादुर मल्ल संग छलफर गर्नु भयो यसमा बाल कृष्ण शमशेरको सहयोग बाट तत्कालीन शिक्षा विभागका तालुक वाला मृगेन्द्र शमशेर जबरा लाई चित्त बुझाएर श्री घ जेद्ध शमशेर जवरा लाई मान्य तुल्याई शारदा भन्ने माशिक पत्रिका निकाल्ने बनदो बस्त उहाँले मिलाउनु भयो । त्यस कार्यमा सुब्बा क्रृशि बहादुर मल्लको ठूलो हात थियो उहाँको शाहसले गर्दा तयो पत्रिका १९९१ सालमा निस्कन सक्यो ।
शारदा पत्रिका निकाल्ने कुरामा केहि भारदारले जनता भड्कन्छन भनि तत्कालीन ब्रिटिश दुत विथमले विरोध गरेका थिए । तर पछि वडाकाजि मरिचमान सिंह समेत बाट प्रधान मन्त्रिको चित्त बुझउदा शारदा पत्रिका निस्कयो । रुद्रराज पाण्डेले सबै भन्दा पहिलो नेपालको मौलिक उपन्यास रुपमती १९९१ मा निकाल्नु भयो । ज्यादै बेफूरशदी धएपछि एउटा कहानी लेखु भन्दा भन्दै एउटा उपन्यास बन्न पुगेको हो यो ठेट नेपाली भाषामा लेखिएको उपन्यासमा मध्यम वर्गिय नेपाली समाजको तस्वीर रामैरी देखाईएको हुनाले यो पुस्तक अहिल्ले पनि ज्यादै लोक प्रिय छ । यो नेपालको पहिलो मैलिक उपनयास हो ।
यो पुस्तक श्रीमती शान्ति मिश्रले अंग्रेजीमा अनुवाद गरि प्रकासीत गर्नु भएको छ । भने पाकिस्तानी नागरिक डा। प्रा। ताहिरा निगट तैयरबाट उर्दु भाषामा उनुवाद गरि प्रकासित भएको छ । रुद्रराज पाण्डेको दास्रो उपन्यास चंप्पाकाजीले त्यस वखतमा कतिपय भाई भारदारको जिवन कसरि बित्थो भन्ने कुरा राथै सामाजिक महिला वर्गको यथार्थ जीवनी देखाएको छ । पछि रुद्रराज पाण्डेको प्रायश्चित र प्रम भन्ने उपन्यासहृरु मनोवैज्ञानिक उपनयास को रुपमा लेखिन्छ ।
राष्ट्रभक्ति जगाउने पुस्तकहरु २००७ साल भन्दा अगाडि नेपालमा थिएनन् । भने पनि हुन्छ । रुद्रराज पाण्डेले राज पुतनाको वीरवीङ्गनाहरुकै उज्वल राष्ट्र भक्ति वारे लेख्नु भयो नेपालीहरुमा राष्ट्रीय भावान जगाउन त्यसले परोक्ष रुपमा कम महत्वपूर्ण भूमिका खेलेन । त्यो पुस्तकको नाम थियो नवरत्न । वि.स. २००७ साल पछि को संस्करणमा त्यसमा लेपाली विरहरुको वीरगाथा पनि थपियो । नेपालका राष्ट्रिय विभूतिहरु संग परिचय गराउन राष्ट्रिय भावान जगाउने खालको हाम्रो गौरव र हाम्रो नेपाल भन्ने दुई ग्रन्थ पनि उहाँले निकाल्नु भयो ।
बालक हरुको शिक्षा प्रति पनि उहाँको ठूलो रुचि थियो । उनीहरुलाई शिक्षा दिने खालका कितावहरुको जरुरत थियो । राणाकालमा उञ्चायतका कथाहरु नेपालीमा उथ्था गरि प्रकाश गर्न राणा शाासक हरु रुचाउदैनथे । त्यसको एक किसीमको रुपान्तरमा रहेको एसप्स फेब्स्को उत्था गरि प्रकाश गर्न त्यतिको गाहृे नदेखेर उहाँले इसपनिती कथा निकाल्नु भयो । पछि उहाँले आफ्नो धर्म र सस्कृति लाई बोध गराउन बाल रामायण र बालकृष्णको च्रित्रको रचना गरि प्रकाश गराउनु भयो ।
नेपालमा एस.एल.सी परिक्षा त शुरु भयो तर नेपालमा लेखिएका पुस्तकहरुको अभाव थियो । रुद्रराज पाण्डेले इङ्गलैण्डको इतिहास र भारतको प्रचिन र मध्यकालीन इतिहास लेख्नु भयो । त्यस बखतमा इङ्गलैण्डको इतिहास लाई केहि कुरा नलुकाई लेखनु कम सजिलो थिएन तर त्यो ग्रन्थ निस्क्यो र पछि पछि त कलेजका विद्यार्थीहरुले समेत आफ्नो परिक्षाको लागी यो पुस्तक पढ्न थाले ।
त्यस्तै उहाँको भार बर्षो संक्षिप्त इतिहासमा पनि मौलिकता झल्कियो । उहाँको हास्य प्रहपन नेपाल आजाद संग साँढे संगको २००७ साल पछि कसरि स्वार्थी वयक्तिहरुले आफ्नो शक्तिमा आउनको निम्ति विभिन्न दलहरु खडागरे सानातिनो कुराम उच्छुङ्खल कसरि भन्ने कुरा साँढे साँढे भएका वादविवाद बाट रामैरी झल्काईएको छ। उहाँ गो द.वा. प्रथम श्रेणि वाट सम्मानीत हुनु हुन्थो । यो वाहेक २००७ साल अधि वि.स. १९८९ सालमा श्री ३ जुद्ध शमशेर बाट उहााले गो.द.वा. चौथोको तक्मा प्राप्त गर्नु भएको थियो ।
राणा र राज गुरु बाहेक यो भन्दा माथिल्लो श्रेणिको तक्मा त्यस बखत पाउने ब्यक्तिहरु विरलै मात्र थिए । श्री ३ शमशुर प्रधानमन्त्रि हुदा उहाँ सरदार हुनुभयो । २००५ सालमा श्री ३ पद्यम बाट उहाँले त्रिशक्ति पट् तृतिय श्रेणि प्राप्त गर्नु भएको थियो भने भूकम्पमा सेवा गरे वापतको पदक रश्री ५ त्रीभुवनको राज्य शासनको रजत जयनती पदक पनि पाउनु भएको थियो । साथै उहाँ श्री ५ महेद्रको शुभ राज्यभिषेक पदक र श्री ५ महाराजधिराज वीरेन्द्रको शुभ राज्यभिषेक पदवाट पनि विभूषित हुनु भएको थियो ।
रुद्रराज पाण्डे बालकाल देखिनै धार्मिक हुनुहुन्थो । उहाँको पिता जी पनि समाज सेविभएको ले यो गुण उहाँमा अझ ज्यादा मात्रामा थियो । उहाँले नेपालका प्रशिद्ध सन्तहरु द्यण्डी बाबा, विनू बाबा, आदि अभदूतहरुको सेवा बराबर गर्नुहुन्थो । पछि उहाँ रामकृष्ण परम हंशका उपदेश सम्वधि पुस्तक बाट ज्यादै प्रभावित हुनु भयो । र भारतका प्रखयातल संत रमण महषिर्को सर्म्पर्कमा उहाँ आउनु भयो त्यसले उहाँको धार्मिक दृष्टिकोण अझ विशाल हुन पुगयो ।
उहाँको जीवनमा प्रभाव पार्ने संतहरुमा श्री गोपाल बाबा, नर्भदा तटका सन्त श्री राम स्नेही बाबा मुख्य हुनुहुन्छ । ती दुबै सन्त बाट उहाँले दिक्षा पनि लिनु भएको थियो । उहाँहरु बाट आध्यात्मिकशक्ति प्राप्त गर्नु भएको थियो । तर त्यो कुरा उहाँ प्रकट गर्नु हुदैनथ्यो । नेपालमा कमैले त्यो कुरा थाहा पाएपनि भारतमा उहाँलाई सन्त नै मान्दथे । अरु उहाँ र्सर्ििनिकट हुने महात्मा , सुधीर रन्जन भादुडी , भगवान राम , अयोधयाका सनत माधुरी बाबा, बाठेबाले बाबा, आदि मुख्य हुनु हुन्थ्यो ।
रामायणभागवतमा उहाँको ज्यादा आस्था थियो कैयन पटक रामायण र श्रीमद्भागवतको सप्ताह उहाँले आफैले भन्नु भएको थियो । रुद्रराज पाण्डेले पुर्खाको थलो तनहुको गाउँ सेवा कोषलाई केहि रकम प्रदान गरि सोहि रकमको ब्याज वाट चर्तुमासमा आफ्नो पिताजी पद्यम राजका स्मृतिमा पुराण सुनाउने काम सुरुगर्नु भयो । उहाँको कुनै दानमात्र प्रकट कुन्थ्यो धेरै जसो दान प्रप्त नै रहन्थ्यो । उहाँको धार्मिक विचार ज्यादै नै उदार थियो प्रभुकै अंश सम्झनु हुन्थ्यो । आफ्ना गुरु गोपाल बाबाको स्मृतिमा बारा जिल्ला रुद्र गाउँ डकाहाको पाँच विघा जमिन उहाँले साधुँ सन्तको निम्ती छुट्याउनु भएको थियो ।
आफ्ना पिता पद्यमराजको स्मृतिमा रुद्रराज पाण्डेले एम,एस,सीमा प्रथम श्रेणिमा प्रथम हुनेलाई
सुवर्ण पदक र माता टीका लक्ष्मीको स्मृतीमा बी.एस.सी. मा प्रथम श्रेणिमा प्रथम हुनेलाई सुवर्ण पाउने ब्यवस्था गरिदिनु भएको छ । साहित्यको विकासको निम्ती नेपाल साहित्य पत्रकार संघ लाई डेढ रोपनी जग्गापनि प्रदान गर्नु भएको छ । उहाँ के इच्छा मुताबिक महेन्द्र सस्कृत बिश्व बिद्यालयमा आचार्य परिक्षामा प्रथम हुने जिद्यार्थीलाई लीला बल्लभ पन्तको नाउमा सुवर्णदक प्रदान गर्नको निम्ती रु ३०,०००।-जम्मा गरिएको छ ।
ती बाहेक आफ्नी जेठिआमा नन्द कुमारीको स्मृतिमा अपांग छात्रवृत्ति र आफ्ना गरु इश्वरी दत्त रतूडीको स्मृतीमा दरवारहाई स्कूलको प्रतिभाशाली छात्र एबलाई रु ५६०।( को छात्रवित्ति राख्नु भएको छ । किशोर अवश्था देखिनै रुद्रराज पाण्डे समाज सेवा पट् िलाग्नु भएको थियो उहाँले सेन् जोहन्सको फस्ट एड र्सर्टिफिकेट प्राप्त गर्नु भएको थियो । छात्र अवस्थामा इलाहावादको माघ मेलामा भारत सेवा समाज को तर्फबाट स्वयम्सेवाको रुपमा काम गर्नु हुनथो वि। स। १९९० को भूकम्पको समयमा उहाँले भुकम्प पिडित द्धारा स्वयम्सेवा दल अडागरि काठमाडौ उपत्यकामा पीडितहरुको सेवागर्नु भएको थियो ।
रुद्रराज पाण्डे वि.स.२०४३ सालमा चैत्र २३ गते उहाँकै इच्छा मुताविक वाराणसीको वनारस केदारघाटमा ब्रहमलीन हुनु भयो उहाँको स्मृतिमा देश विदेशमा सभाहरु भए । यस्ता राष्ट्र सेवाक रुद्रराज पाण्डेका पितामाताको नाम पद्यमराज र टीकालक्ष्मी हो । उहाँ परिवारमा जेठा हुनु हुन्थ्यो उहाँको छोराहरु माधव राज, कृष्ण राज र बद्री राज र छोरीहरु रमादेवि पन्त र श्री भण्डारी हुनु हुन्थ्यो । उहाँका पत्नी चेत कुमारी र उहाँका भाईहरु तुलसीराज, गणराज, हृ्दयराज , तोत्रराज,भवानीराजको र्स्वर्गवास भैसकेको छ।
रुद्रराज साहित्यसेवा समिती
सरदार रुद्रराज पाण्डेले नेपालको विवध क्षेत्रमा खास गरि इतिहास , साहित्य, शिक्षा एवम् धार्मिक क्षेत्रहरुमा पुर्याउनु भएको योगदानहरुका बारेमा इच्छुक नेपाली विशेष गरेर यूवा पिढीलाई जानकारीदिने र उहाँको देनहरुलाई निरन्तरता दिनकोलागी वि.स. २०४४ कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौका संध संस्था दर्ता ऐन २०३४ को दफा ४ वमोजीम रुद्रराज समाज सेवासमिती को दर्ता गर्राई कार्य संचालन गदै लगिएको छ ।
यो संस्था नाफा कमाउने उद्देस्यले स्थापना नभई विशुद्ध सेवाको भावनाले स्थापित संस्थाको रूपमा रहेको र यसको निम्नानुसारको मुख्य उद्देस्य रहेको छ : क. भाषा, साहित्य र संस्कृतिको विकासको लागि उपयुक्त ठहरिएको नेपालि भाषामा लेखिएका गहकिला अप्रकाशित कृतिहरूको प्रकाशन गर्ने, ख. प्रकाशित तर दुलर्भ भइसकेका नेपाली भाषाका प्रकाशित ग्रन्थहरूलाई आवस्यकता अनुसार प्रकाशित गर्ने, ग. भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा ख्याति प्राप्त ब्यक्तित्व, कृतित्व वारे सोधपुर्ण अनुसन्धान कार्यहरू गराउने,
घ. गाष्ठी, साहित्य प्रतियोगिता, कवि सम्मेलन, पत्रिका प्रकाशन जस्ता नेपाली भाषा, साहित्य एवम् संकृतिको विकासमा टेवा पुयाउने खालका रचनात्मक कार्यहरू गर्ने, ङ. धर्म र संस्कृतिको सम्बन्धमा लेखिएका अप्रकाशित, स्तरयुक्त उपयोगि ग्रन्थहरूलाई यथासंभव प्रकाशित गर्ने, च. आचार, विचार र स्वधर्मपालन जस्ता आवस्यकताहरूको विभिन्न माध्यमद्धारा प्रचार प्रसार गर्ने, छ. साधुसन्त र महात्माहरूको जीवनी र धार्मिक योगदान दिने कृतिहरूको प्रकाशन गर्ने एवम् सत्सङ्ग र धार्मिक प्रवचन गराउने क्रियाकलाप गर्ने,
ज. समाजमा पुजा र्कीतनको प्रचार प्रसार हुने खालका गतिविधिहरू गर्ने, झ. शैक्षिक, सांस्कृतिक, साहित्यिक र धार्मिक क्षेत्रमा कटिवद्ध र विशिष्ठता हासिल गर्ने व्यक्तिहरूलाई यथासक्य छात्रवृत्ति, पदक दिन वा दिलाउन प्रयत्नशील रहने, ञ. धार्मिक पुस्तकालयको संचालन गर्ने, ट. दीनहिन असहायहरूको निम्ति सहयोग गर्ने, ठ. यस क्षेत्रमा देखा परेका र पछि देखा पर्ने विभिन्न संस्थाहरू विच आपसी सहयोग, समझदारी र समन्वय बढाउने, ड. यस क्षेत्रसँग सम्बन्धित अन्य काम गर्ने।
माथि उल्लेखित उदेश्यहरु पुरा गर्नमा संस्था स्थापना काल देखि नै क्रियाशिल हुदैआएको छ । संस्था अन्य केहि साहित्यिक , धार्मिक शैक्षिक संस्था संग आवद्ध रही सहकार्य पनि गर्दछ । संस्थाले प्रतयक वर्षो फागुन २६ गतेलाई रुद्रराज पाण्डेको जन्म जयन्तीको रुपमा विभिन्न कार्यक्रमको आयोजान गरि मनाउदै आएको छ । उहाँका कृतिहरुको प्रकाहनमा र उहाँकै बारेमा लेखहरु संकलन गरी प्रकाशन गर्नमा र अनुशनधान गराउनमा पनि संलग्न रहेर हाएको छ । संत हेरफेर उपन्यास जस्ता कृतिहरु र वि.स. २०४९ सालमा श्रृष्टि र दृष्टि नामका गन्थ जन समक्ष ल्याई सकेको छ भने रुद्रराज पुरस्कारको स्थापना गरिएको छ ।
उहाँको ९३ औ जन्म जयन्ति अर्थात वि।स। २०४९ देखि प्रत्यक बर्षरुद्रराज पुरस्कार प्रदान गर्ने गरिएको छ । रुद्रराज पुरस्कार निम्न विषयमा प्रदान गरिएको छ । साथै यस समिती बाट मेरो अनुभूति रुद्रराज पाण्डे टुकराज मिश्रको पुस्तक पैकासन गरिएको छ । साथै ज्ञान गुनका कुराहरु प्त्रिका मा संकलन भै रुद्रराज पाण्डे स्मृति प्रकाशन गरिएको छ। रुद्रराज वाषिर्क पुरस्कार निम्न विषयमा प्रदान गर्ने गरिएको छ ।
क) नेपाल साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान दिने
ख) शैशिक क्षेत्रमा उल्लेखनीय योगदान दिने
ग) आध्यात्मिक क्षेत्रमा उल्लेखनीय योगदान दिने
घ) इतिहास विषयमा उल्लेखनीय योगदान दिने
हाल सम्म रुद्रराज पुरस्कार प्राप्त गर्ने व्यक्ति एवम् संस्था निम्न रहेका छन् । वि.स. विषय पुरस्कार प्राप्त गर्ने व्यक्ति,संस्था २०४९ साहित्य कवि श्री भरत राज पन्त २०५० इतिहास प्रा.डा. त्रिरत्न मानन्धर २०५१ अध्यात्म श्री दुर्गा प्रशाद दवाडी २०५२ शिक्षा श्री भानुमाद्यामिक वि,दरवार हाई स्कूल २०५३ साहित्य श्री सुन्दर प्रशादशाह दुःखी २०५४ इतिहास प्रा.डा. तुलसीराम बैद्य २०५५ अध्यात्म श्री तृर्थराज आचार्य अग्निहोत्री २०५६ शिक्षा श्रीमती अंगुरबाबा जाशी २०५७ साहित्य डा.केशव प्रशाद उपाध्याय २०५८ इतिहास नेपाल र एसियाली अनुश्सन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय २०५९ अध्यात्म श्री पूज्यकव्र्रिशाद गौतम – हरेराम संकृतन मण्डल) २०६० शिक्षा गोपिनाथ शर्मा
उपयूक्त बमोजिम रुद्र पुरस्कारको वितरण गर्नुको साथै रुद्रराज पाण्डेको व्यक्तित्वको बारेमा योगदान पुर्याउनु हुने विद्धान हरु श्री टुकराज मिश्र र प्रा।डा बाबु राम पोखरेल र उहाँको उपन्यास रुपमति लाई उर्दु र अग्रेजी भाषा अनुवाद गरी अन्य मुलुकमा समेत प्रचार प्रसार गरिदिनु हुने प्रचार पाकिस्तानी नागरिक डा.ताहिरा निघट नटयर र श्रीमती हान्ति मिश्र समेतलाई विशेष पुरस्कार तथा कदरपत्र बाट अलग अलग बर्षा सम्मानित गरिएको छ ।
डा.यादब प्रसाद पन्त सभापति रहेको यो संस्थाको कार्यकारी समितीमा विभिन्न क्षेत्रका १९ जना सल्लाहकार समेत रहनु भएको छ । आगामी दिनमा पनि यस प्रकारको क्रियाकलापमा संस्था संलग्न रहने भएकोले थप सुधारका लागी यहाँहरु सबैको राय एवम् सुझावको अपेक्षा राखिएको छ ।
कार्यकारिणी र सललाहकार समितीका सदस्यहरुको नामहरु
डा. यादव प्रसाद पन्त अध्यक्ष
श्रीमती शान्ति मिश्र उपाध्यक्ष
श्री नित्यराज पाण्डे सचिव
श्री अम्बर प्रसाद पन्त सहसचिव
श्री केदारराज पाण्डे कोषाध्यक्ष
डा.माधव राज पाण्डे सदस्य
डा. गौरी शङ्करलाल दास सदस्य
डा. त्रैलोक्य नाथ उप्रति सदस्य
श्रीमती रमा पन्त सदस्य
श्री कृष्णराज पाण्डे सदस्य
डा.वद्रिराज पाण्डे सदस्य
डा. दर्ेगाप्रसाद भण्डारी सदस्य
श्रीमती श्री भण्डारी सदस्य
श्री भिम वहादुर अधिकारी सदस्य
श्री गोविन्द प्रसाद शर्मा सदस्य

२०७५ मंसिर ३ सोमवार