लागू औषध कोकिन कारोबारमा संलग्न ३ जना विदेशी नागरिक पक्राउ

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंकाे ठुलाे सफलता

962
shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले लागू औषध कोकिन कारोबारमा संलग्न ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आउने विदेशी नागरिकहरूको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा प्रहरी टोलीले शंकास्पद गतिविधि देखिएपछि अनुसन्धान अघि बढाएको थियो।

पक्राउ पर्नेमा सेनेगल नागरिक ४३ वर्षीय AMADOU SARR रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा मुखबाट निलेका प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा उनको पेटभित्र रहेका अन्य क्याप्सुल समेत अस्पतालको सहयोगमा निकालिएको र जम्मा ६१ वटा क्याप्सुलबाट करिब १ किलो ५०० ग्राम लागू औषध कोकिन बरामद गरिएको ब्यूरोले जनाएको छ।

यस्तै, पक्राउ परेका व्यक्तिसँगको थप अनुसन्धानका क्रममा भारतको दिल्लीबाट काठमाडौं आएका दुई जना महिलालाई समेत पक्राउ गरिएको छ।

पक्राउ पर्ने अन्यमा भारत, खानपुर भिलेज साउथ दिल्ली बस्ने ३६ वर्षीया RUBI र ए.पी. बस्ने ३२ वर्षीया SONY रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागू औषध कोकिन, पासपोर्ट, भारतीय आधार कार्ड र मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

(विज्ञप्तिसहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083