इन्सपेक्टर सन्तोष खड्का जेष्ठ महिनाको “उत्कृष्ट प्रहरी” द्वारा सम्मानित तथा पुरस्कृत

481
shares

काठमाडौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी निरीक्षक सन्तोष कुमार खड्का जेष्ठ महिनाको “उत्कृष्ट प्रहरी” सम्मानबाट सम्मानित भएका छन्।

कर्तव्यनिष्ठा, इमान्दारिता, व्यावसायिक दक्षता तथा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। अपराध अनुसन्धान तथा शान्ति सुरक्षाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक खडकाले आफ्नो जिम्मेवारीलाई व्यावसायिक रूपमा निर्वाह गर्दै नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनी उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका हुन्।

यस सम्मानले आगामी दिनमा अझ उच्च मनोबलका साथ राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित भएर काम गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083