१०१ वर्षिय भगवतीलाई गृहमन्त्रीद्धारा पहिलो राष्ट्रिय परिचय पत्र प्रदान

Nepal Life Insurance Long Ad

काठमाडौं । सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ ।

गृहमन्त्री रामवहादुर थापा (वादल) ले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वषिय भगवतीदेवी भण्डारीलाई पहिलो परिचयपत्र दिएर वितरण शुरु गरेका हुन् । परिचयपत्र पाउने दोश्रो नागरिक गृहमन्त्री थापा आफैं हुन् । उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन् । बसिबसि परिचय पत्र बझेकी उनलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए ।

प्रदेस नं।१ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थितिमा वितरण कार्यक्रममा भएको थियो । पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड ल्याइएको छ ।

अरु छपाईको क्रममा रहेको छ । सूचना संकलनमा भने ५२ हजार ७ सय ५४ जनाको गरिएको छ । यो आइतवार साँझसम्मको तथ्यांक हो । सूचना संकलनको काम गत असार ५ गतेदेखि भएको हो । सिंहदरवारमा ३२ सयको सूचना संकलन गरिएको उनले बताए ।

यो कार्यक्रम पाँचथरवाट सुरु भएको हो । छपाई भएर ल्याएको कार्ड खोल्ने बित्तिकै सम्वन्धित ब्यक्तिको मोवाइलमा म्यासेज जाने भएकाले सोमवार कार्ड प्राप्त गर्ने सबैले सूचना पाइसकेको न्यौपानेले बताए । दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने उनले बताए ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...