‘ए’ डिभिजन लिग : संकटाको लगातार दोस्रो जित

Nepal Life Insurance Long Ad

काठमाडौं । दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको संकटा क्लबले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि २-० को विजय हासिल गरेको छ ।

जावलाखेलका एडोमा डोउमबियालाई कुहिनाले हानेका म्याक्सवेल एलोनलाई रेफ्री कबिन ब्यन्जनकारले १८औं मिनेटमा दोस्रो पहेँलो कार्ड ९ रातो कार्ड०पाएका थिए । त्यसको एक मिनेटअघि मात्र एलोनलाई रेफ्रीले पहिलो पटक पँहेलो कार्ड देखाएका थिए। लिगमा जारी सिजन यो पहिलो रातो कार्ड हो ।

‘सजिलै तीन अंक आउँछ जस्तो लागेको थियो तर रेफ्रीको निर्णयले गाह्रो भयो । यस्तो तालले लिग सञ्चालन गरेर काम छैन । कस्तो ट्याकलमा कस्तो कार्ड दिने भन्ने नै छैन । एउटै खेलाडीलाई एक मिनेटको अन्तरमा कार्ड दिएको छ,’ रेफ्रीको निर्णयमा असन्तुष्ट बनेका संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘हामी शीर्ष पाँचमा रहने हाम्रो लक्ष्य हो । तर रेफ्रीले यस्तै निर्णय गर्दै गयो भने के भन्न सकिन्छ र ।’

१८ मिनेटपछि दश खेलाडीमा सीमित बने पनि संकटाले खेल नियन्त्रणमा राखेको थियो । सेड्रिक अबाले ५७ औं मिनेटमा संकटालाई अग्रता दिए । सुबास गुरूङले दायाँ भागबाट दिएको पासलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका सेड्रिक अबाले पोष्ट्को दिशा दिएका थिए । अवाले नै खेल सकिन ५ मिनेट बाँकी छँदा अर्को गोल थप्दै संकटाको जित पक्का गरे ।

जितसँगै ६ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ । संकटाले पहिलो खेलमा सरस्वती युवा क्लबलाई १-० ले हराएको थियो । जावलाखेल नेपाल पुलिस क्लबसँग १-० ले पराजित भएको थियो ।

५२औं मिनेटमा गौतम श्रेष्ठको फ्री किकमा एडोमा डोउमबियाको हेड संकटाका राजाबाबु थापाले बचाइदिएपछि जावलाखेलले अग्रता लिने मौका गुमाएको थियो । एक खेलाडी बढी हुँदा पनि जावलाखेलले त्यसको फाइदा लिन सकेन ।

जावलाखेल प्रशिक्षक राजकुमार केसीले संगठित भएर खेल्न नसक्दा पराजिय हुनु परेको बताए । उनले थपे, ‘यो बीचमा एक महिना लिग भएन । यसबीचमा अभ्यास भएन । खेलाडी शारीरिक रूपमा पनि फिट भएनन् । उनीहरू दस खेलाडीमा सीमित भए पनि संगठित प्रदर्शन कायम गर्दा नतिजा निकाल्न सफल भए ।’


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...