रणवीर कपुर र आलिया भट्टले पाँच तारे होटलमा रात बिताएका थिए ?

5.82K
shares

एजेन्सी । फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङपछि नै बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री आलिया भट्टबीच अफेयरको खबर चर्चामा छ। उनीहरु विगत एक वर्षदेखि डेट गरिरहेका छन्। पछिल्लो समय उनीहरुको एउटा फोटो भाइरल पनि भएको छ। आलियालाई धेरै जसो रणवीरको परिवारसँग देखिन्छ। दुवैले अहिलेसम्म आफ्नो सम्बन्धका विषयमा खुलेर कुरा गरेका छैनन्।

तर फोटो भने अर्कै कुराको संकेत गर्छ। यतिबेला आलिया र रणवीरको विषयमा नयाँ समाचार आएको छ। समाचार अनुसार यी दुवै जनालाई पाँच तारे होटलमा चेक इन गर्दै गरेको देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार केही दिन अगाडि रणवीर र आलियाले निकै रोमाञ्चक डेट गरे। उनीहरु दुवैले मुम्बइको एक पाँच तारे होटलमा रोमान्स गरेका छन्। दुवैलाई होटलमा चेक इन गर्दैगर्दा देखिएको थियो। यो विषयमा उनीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

उनीहरु दुवै विगत केही समयदेखि एकअर्काको परिरवारसँग निकै नजिक भएका छन्। यतिबेला रणवीर कपुर आफ्ना बुवा ऋषि कपुरसँग न्यूर्योकमा छुट्टी मनाइरहेका छन्। ऋषि कपुरसँग भेट गर्न आलिया पनि न्यूर्योक पुगेकी छन्। त्यतिमात्रै होइन रणवीरकी हजुरआमाको निधनपछि आलिया अधिकांश सयम कपुर निवासमै देखिएकी थिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083