शारुख स्टारर ‘जिरो’को गीत सार्वजनिक

5.95K
shares

काठमाडौँ । शाहरुख खान स्टारर फिल्म ‘जिरोुको गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मेरे नाम टुु’ बोलको गीतमा शाहरुख र अनुष्का शर्मा फिचर्ड छन्। भिडियोमा होचो मान्छेको भूमिकामा प्रस्तुत भएका शारुखलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ।

अनुष्का पनि शारुखमा फिदा छिन्। सार्वजनिक उक्त गीतमा अजय-अतुलको संगीत तथा इर्शाद कामीलको शब्द समावेश छ। गीतमा अभय जोढापुर्करको स्वर सुन्न सकिन्छ। आनन्द एल राय निर्देशित यस फिल्ममा कट्रिन कैफको पनि मुख्य भूमिका रहेको छ। हिमांशु शर्माले लेखेको यस फिल्ममा गौरी खान निर्माताको रूपमा रहेकी छन् भने करुना बड्वाल फिल्मकी सह-निर्माता हुन्।

फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ।

हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage