श्रृषा र विनोदको ‘जानी नजानी’ माया सार्वजनिक (भिडियोसहित)

8.81K
shares

काठमाडौँ । गायक विधान कालीकोटेको स्वर रहेको गीत जानी-नजानीको भिडियो सार्वजनिक भएको छ। करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन्।

तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय छ। भिडियोमा श्रृषालाई नायक तथा मोडल विनोद न्यौपानेले साथ दिएका छन्। शृषाले हल्का हल्का उदाउँछ जुन बारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा समेत काम गरिसकेकी छन्।

उनी मोडलिङ र गायनको यात्रालाई सँग-सँगै लान सफल भएकी छन्। भिडियोमा उनले गरेको कामको राम्रै तारिफ समेत भैरहेको छ । तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage