होली वाइन’को नाममा यसरी पिलाइयो ‘मुनको शुक्रकिट’

वि.सं.२०७५ मंसिर १७ सोमवार १२:५४
shares

एजेन्सी । युनिभर्सल पिस फेडेरेसन (युपिएस)को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा आगन्तुक पाहुनालाई ‘होली वाइन’ अर्थात ‘पवित्र रक्सी’ पिलाइएको छ । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त होली वाइन पिएर सच्चा माता मुनबाट आशीर्वाद समेत लिएका छन् ।
जनप्रतिनिधि तथा उच्च ओहोदाका मानिस भेला भएको उक्त समिटमा पिलाइएको होली वाइनमा युनिभर्सल पिस फेडेरसनका अध्यक्ष सन म्याङ मुनको शुक्रकिट मिसइएको हुने अन्तराष्ट्रिय मिडियाहरु दावी गर्छन् । प्लास्टिकको गिलासमा पिलाइएको होली वाइन पिउनेहरु महानगरपालिका, नगरपालिका, गाउँपालिकाका मेयररअध्यक्ष एवं नेता तथा सांसद रहेका थिए ।
आफूलाई सच्चा माता भनेर दावी गर्ने मुन पत्नी हाक जानले आफ्ना पतिलाई सम्झदै आशिर्वाद दिएकी थिइन् । उसो त यसरी आशीर्वाद लिनेको सूचिमा प्रधानमन्त्री ओलीको समेत नाम थियो । तर, उनी जनस्तरबाट गरिएको विरोधका बाबजुत निस्किएको जनाइएको छ ।
होली वाइन पिउनेहरु नै युनिभर्सल चर्चको सदस्य हुने मान्यता अनुसार थुप्रै जनप्रतिनिधिका जोडिहरु कार्यक्रमस्थल होटेल हायातमा पुगेको आयोजक एकनाथ ढकालले जनाए । उनका अनुसार झण्डै १५ सयले उक्त वाइन पिएर मुन दम्पतीको वंशमा समाहित भएका छ ।