रिमा गुरुङ्गको ‘आँखाका जोर’ सार्वजनिक (भिडियोसहित)

7.36K
shares

काठमाडौँ । रिमा गुरुङ्ग होडाको आवाजमा ‘आँखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ। सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ।

राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० वर्ष अगाडी नै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन। आफ्नो संगीतमा रहेको यो गीत प्रकाशले छोरी रिमालार्इ गीत गाउन भनेपछि गीतले मुर्त रुप पाएको हो।

सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन। बज्राचार्यले थुप्रै नेपाली सिनेमा तथा म्युजिक भिडियोको सम्पादन गरिसकेका छन। हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन।

हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage