श्रृङ्खलालाई साथ दिन २२ जनाको टोलीसहित आमा बुबा उडे चीन

8.7K
shares

काठमाडौँ । मिस वर्ल्डको फाइनल हुन अब दुई दिन मात्र बाकीँ छ । आउने डिसेम्बर ५ तारिख, शनिबारको दिने हुने मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालको प्रतिनिधित्व गर्दै नेपालकी चेली मिस नेपाल २०१८ शृङ्खला खतिवडा पनि पुगेकी छिन् ।

मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडाले ओभरअल मल्टिमिडिया अवार्ड जितेर साथै ब्युटी विथ अ पर्पजको अवार्ड जितेर मिस वर्ल्ड प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी हुन् भने यसै प्रतियोगिताको फाइनल अब आउने शनिवार चीनको सान्या सहरमा हुन गइरहेको छ।

शृङ्खला मिस वर्ल्डको फाइनलमा पुगेसँगै देशविदेशमा रहेका सम्पूर्ण नेपालीले उनलाई उपाधि जित्न र ताज नेपाल ल्याउन शुभकामना दिइरहेका छन् भने उनको बुबा आमा पनि उनको हौसला प्रदान गर्नका निम्ति आज चीन प्रस्थान गरेका छन् ।

मिस वर्ल्डको फाइनलका लागि साथै आफ्ना छोरी शृङ्खलालाई साथ र हौसला दिनका निम्ति आज दिउँसो १ बजेको फ्लाइटबाट शृङ्खलाका बुबा आमा साथै उनका नजिकका आफन्त र साथीहरू चीन उडेका छन् । नेपालबाट चीन उडेकाहरुको सङ्ख्यामा शृङ्खलाको आमा बुबासहित जम्मा २४ जना छन् । अब शृङ्खलाले मिस वर्ल्डको ताज जित्न सक्छिन् की नाइ थाहा पाउन भने दुई दिन कुर्नुपर्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083