पवित्रा आले र अर्जुन थापाको ‘बैशालु नजर’ दर्शकमाझ (भिडियोसहित)
वि.सं.२०७५ मंसिर २४ सोमवार १५:४३
5.76K
shares
shares

काठमाडौं । ‘बैशालु नजर’ बोलको नेपाली लोक दोहोरी गीत युटुबमार्फत दर्शकमाझ आएको छ। अर्जुन थापा र पवित्रा आलेको स्वरमा सजिएको गीतलाई केही दिनअघि युटुबमार्फत सार्वजनिक गरिएको हो।
अर्जुन थापा मगरको शब्द तथा संगीत रहेको यस गीतमा रितु तामाङ र प्रदीप रानाले अभिनय गरेका छन्। स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा निर्माण भएको यो गीतको भिडियोलाई हरिश महराले खिचेका हुन् भने प्रकाश धमाला भान्जाले भिडियोलाई सम्पादन गरेका हुन्।


























