रुसका एक प्रहरीद्धारा ५६ जनाको हत्या
वि.सं.२०७५ मंसिर २४ सोमवार १५:४६
4.93K
shares
shares

मस्को। रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ।
मिखेल पपकोभ नाम गरेका उनले यसअघि पनि करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्।
ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन्। रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ।एएफपी
































