अशोक दर्जीको नयाँ गीत ‘चौँरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियो)
वि.सं.२०७५ मंसिर २७ बिहीवार १५:१९
12.22K
shares
shares

काठमाडौँ। चर्चित बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। नेपाली मिडिया र सामाजिक सञ्जालमा निकै नै लोकप्रिय बनेका बालगायक हुन् अशोक दर्जी। यसअघि उनले स्वर दिएको गीत ‘मन बिनाको धन ठुलो’ले सर्वाधिक चर्चा पाएको थियो।
बिहीबार सार्वजनिक गरिएको नयाँ गीत ‘चौँरीको चाम्रो छुर्पी’मा अशोकलाई स्वरमा गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी र उनका छोरा बालगायक एआर बुढाथोकीले साथ दिएका छन्। गीतमा शब्द र सङ्गीत टङ्क बुढाथोकीको रहेको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

























