२१ वर्षीया अभिनेत्री झाँसीले गरिन् आत्महत्या !
वि.सं.२०७५ माघ २३ बुधवार १५:४५
4.72K
shares
shares

काठमाडौँ । तेलुगू टेलिभिजन अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छन्। उनको शव हैदरावादस्थित आफ्नै फल्याट पङ्खामा झन्डिएको अवस्थापा फेला परेको हो।
भारतीय प्रहरीकाअनुसार २१ वर्षे झाँसी फल्याटमा एक्लै थिइन्। उनका भाइ दुर्गाप्रसादले लामो समयसम्म ढोका ढक्ढक्याउँदासमेत नखुलेपछि छिमेकीको सहयोगमा ढोका फोडिएको थियो।
अहिले उनको शव पोस्ट मार्टमका लागि गान्धी अस्पतालमा राखिएको छ। आन्ध्र प्रदेशको कृष्णा जिल्लाकी झाँसीले ‘पवित्र बन्धन’ लगायतका थुप्रै धाराबाहीक चलचित्रमा काम गरिसकेकी छन्।
उनले केही महिनाअघिदेखि आफ्नै लगानीमा ब्यूटी पार्लर चलाइरहेकी थिइन्। उनका आफन्तका अनुसार झाँसी एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। भारतीय संचारमाध्यमले जनाएअनुसार प्रेममा धोका खाएका कारण उनले आत्महत्या गरेको हुनसक्छ। एजेन्सी

























