सांसद रौनियारको निलम्बन फुकुवा गर्न सभामुखलाई ज्ञापन पत्र

4.34K
shares

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले पार्टीका प्रतिनिधिसभाका सांसद हरिनारायणप्रसाद रौनियारको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पार्टीका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेको निष्कर्ष निकाल्दै तत्काल फुकुवा गर्न माग गर्दै बुधबार सभामुख महरालाई ज्ञापन पत्र बुझाएको हो।

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचिमा परेपछि संघीय संसद सचिवालयले गत असोज १९ गते सांसद रौनियारलाई निलम्बन गरेको थियो। सो निलम्बन संविधान र प्रतिनिधिसभा नियमवली विपरित रहेकाले सांसद रौनियारको निलम्बन तत्काल फुकुवा गरी संसदीय गतिविधिमा सहभागी गराउन माग गर्दै सभामुख महरालाई ज्ञापन पत्र बुझाइएको संसदीय समाजवादी फोरम, नेपालका महासचिव रामसहाय प्रसाद यादवले जानकारी दिए।

संघीय समाजवादी फोरम, नेपालको गत माघ १८ गते बसेको पार्टी संसदीय दलको बैठकले संविधान र प्रतिनिधिसभा नियमावली विपरित पार्टीका सांसद रौनियारलाई संघीय संसद सचिवालयले निलम्बन गरेको ठहर गर्दै तत्काल फुकुवा गर्न सभामुख महरालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार पार्टीले बुधबार सो सम्बन्धमा सभामुख महराको ध्यानाकर्षण गराएको हो। त्यस अवसरमा सभामुख महराले सो विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालसँग पनि छलफल गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083