कर्मा र आनाको ‘किच किचे माया’ सार्वजनिक

4.56K
shares

काठमाडौँ । चलचित्र ‘दि म्यान फ्रम काठमाण्डौ’ चैत्रको १ गतेबाट रिलिज हुँदैछ। नेपाली र अंग्रेजी भाषामा बनेको यो चलचित्रमा केही विदेशी र केही नेपाली कलाकारले अभिनय गरेका छन्। यो चलचित्रमा समावेश ट्रेलर र गीतले दर्शकलाई खासै आकर्षित गर्न सकेको छैन।

यही विचमा, चलचित्रमा समावेश अर्को एउटा गीत सार्वजनिक गरिएको छ। चलचित्रमा समावेश ‘किच किचे माया’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर छ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देखाइएको छ। भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ। यो गीतको भिडियोलाई रेनशा वान्तवा राइको कोरियोग्राफी छ। निर्देशक पेमा ढोन्डुपको निर्देशनमा तयार भएको यो चलचित्रमा नकिम उद्दिन र पेमाको लगानी छ।

यो चलचित्रमा जोसे मानुइल, आना शर्मा, बलिउडका कलाकार गुल्सन ग्रोबर लगायतको अभिनय छ ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083