केकी र आर्जनको दमदार अभिनयमा ‘झिमिक्कै परेली’ सार्वजनिक

7.33K
shares

काठमाडौँ । अहिले नेपाली अभिनेत्रीहरु फिल्म र म्युजिक भिडियोमा सराबरी छाउन थालेका छन्। यसमा प्रियंका कार्कीदेखि आँचल शर्मासम्म छन्। यही पंक्तिमा लामबद्ध भएकी छिन्, केकी अधिकारी पनि । केकी अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। गीतको बोल छ, झिमिक्क परेली।

यो गीत आर्जन पान्डे र मेलिना राइले गाएका हुन्। रोमान्टिक शैलीको गीतलाई विशाल भण्डारीले निर्देशन गरेका हुन्। विशालले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए। यसको कार्यकारी निर्माता केकी नै थिइन्।

विशालले निर्देशन गरेको म्युजिक भिडियोमा केकीसँगै गायक आर्जन पान्डेलाई देख्न सकिन्छ। फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ। अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083