‘कांग्रेस कोइराला सन्तानको विर्ता होइन’
वि.सं.२०७५ फागुन ९ बिहीवार १४:४३
shares

काठमाडौँ ।
हामी एक छौँ, अरूले टाउको नदुखाए हुन्छ : सुजाता
![]()
गत शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा डा. शशांक, डा. शेखर र सुजाता कोइरालाले १२१ किलोको एउटै माला पहिरिएर आफूहरू एकताबद्ध रहेको सन्देश दिएका थिए। ‘भाषण गरेर मात्र पार्टी चल्दैन, काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ, हामी तीन कोइराला एक छौँ, भन्नेले त नमिलेको भन्छन्, तर अरूले टाउको नदुखाए हुन्छ,’ वीरगन्जको कार्यक्रममा सुजाताले भनेकी थिइन्।
हाम्रो टाउको फुट्दा कहाँ थिए उनीहरू ? : देउवा

चार दिनपछि बुधबार वीरगन्ज नै पुगेर सभापति देउवाले कोइरालाहरूप्रति आक्रोश पोखेका हुन्। बुधबार बिहान बारामा १५१ किलोको मालासहित सम्मान ग्रहण गरेर देउवा वीरगन्ज पुगेका थिए। ६९औँ प्रजातन्त्र दिवसका अवसरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनावमा जित–हार हुनु स्वाभाविक हो । ०५१ सालमा हामी पनि हारेका हौँ । ०६४ मा पनि हार्यौं । अस्तिपल्ट (०७४) पनि हार्यौं। हार्नु ठूलो कुरो होइन। ठूलो कुरो त पार्टीभित्रको अनुशासनहीनता हो। कुनै पनि पार्टीमा अनुशासन छैन भने त्यो पार्टीको भविष्य नै छैन। कांग्रेसमा अनुशासनहीनता बढेको छ। अब अनुशासन समिति गठन गरेर छानबिन गर्छु। अन्तर्घाती र अनुशासनहीन नेतालाई कारबाही गर्छु।’
देउवाले कोइराला परिवारप्रति आक्रोश पनि व्यक्त गरे, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ ? हामी जेल पर्दा, हामीले आन्दोलन गर्दा, हाम्रो टाउको फुट्दा कहाँ थिए उनीहरू ? यो पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, नेपाली जनताका छोराछोरीको पार्टी हो। कोइरालाका छोरा–नातिको होइन । कांग्रेस के कोइरालाका सन्तानको विर्ता हो र ? केही गरेको छैन, कुनै योगदान छैन, अनि मेरो भन्दैमा पाइन्छ ? बढ्ता बोल्ने ?’
प्रधानमन्त्री पनि के कम ? डोटीमा ५१ किलोको माला पहिरिएर भने–यो इतिहासकै उत्कृष्ट सरकार

प्रधानमन्त्री केपी ओलीले मंगलबार डोटीको बिपीनगरमा ५१ किलोको माला लगाए। माला पहिरिँदै उनले मुस्कानसाथ हात उठाएर फोटो खिच्न पोज दिए। ऊर्जामन्त्री वर्षमान पुन र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि मालाभित्र गोलबद्ध भए। अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ पुगेका थिए।
प्रधानमन्त्रीले सरकार अहिलेसम्मकै उत्कृष्ट भएको दाबीसमेत गरे। सरकार गठनको एक वर्षमा धेरै काम भएको, आफ्नै पानीजहाज सञ्चालन गर्ने उद्देश्यले पानीजहाज कार्यालय स्थापना गरिसकेको र पूर्व–पश्चिम रेल आफ्नै सरकारका पालामा हुने दाबी गरे।































