चलचित्र ‘रुमालै छ चिनो’ रिलिज
वि.सं.२०७५ फागुन १० शुक्रवार १६:१४
4.64K
shares
shares

काठमाडौँ । आजबाट देशभरका हलमा चलचित्र ‘रुमालै छ चिनो’ सार्वजनिक भएको छ। यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका छ।
यो चलचित्रले लाउरे प्रेमी र नेपालमा बसेकी प्रेमिकाको कथालाई उठान गरेको छ। चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन्।
चलचित्र ‘रुमालै छ चिनो’ देशभरका ४ दर्जन हलमा रिलिज भएको यसको निर्माणपक्षले बताएको छ। विदेशमा हुने युद्धमा नेपाली जवानहरुले कसरी विरता देखाएका छन् भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ।

























