७५ हजार घुससहित जेलर क्वार्टरबाटै पक्राउ

4.3K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए। लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा कम माग्दै आएको बताइएको छ।

दिउँसो १२ बजेतिर टोली क्वार्टरमा पुगेकोे थियो। अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083