‘गल्ली ब्वाइ’ले कमायो सय करोड, ‘टोटल धमाल’को पनि कमाल!
वि.सं.२०७५ फागुन १२ आइतवार १५:३४
shares

काठमाडौँ। बलिउडमा यो बर्ष रिलिज भएका चलचित्रले सुरुवात देखि नै बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेका छन्। यो बर्षको सुरुवात मै रिलिज भएको चलचित्र ‘उरी’को बक्स अफिस कमाइले धेरैलाई चकित बनायो। यो चलचित्रले बक्स अफिसमा २ सय ४० करोड भन्दा बढी कमाइसकेको छ।
अब, अर्को एक चलचित्रले पनि सय करोड क्लबमा आफूलाई उभ्याएको छ। नायिका आलिया भट्ट र नायक रणवीर सिंह अभिनित चलचित्र ‘गल्ली ब्वाइ’ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ। यो चलचित्रले बक्स अफिसमा १ सय ११ करोड कमाइसकेको छ। रणवीर सिंहले लगातार ३ वटा हिट चलचित्र दिएर बक्स अफिसमा आफूलाई दरिलो रुपमा उभ्याएका पनि छन्।
यसै विच, शुक्रबार देखि रिलिज भएको कमेडी जनराको चलचित्र ‘टोटल धमाल’ले पनि बक्स अफिसमा धमाल मच्चाएको छ। शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ। दुई दिनमै करिब ३७ करोडको कमाई गरेको चलचित्रले ३ दिनमा ६० करोड माथिको कमाई गर्ने पक्का छ। यस्तै, यो चलचित्रले सय करोड क्लबमा आफूलाई उभ्याउने संभावना पनि देखाएको छ।
यसरी हेर्दा बलिउडका लागि यो बर्ष सुखद हुने संकेत देखिएको छ। बिषय वस्तु र कमेडी जनराका चलचित्रले दर्शकको मन जितिरहेका छन्।

























